हरि कोर्कालीनत्र सबैले लठुवा भन्छन्
तब त आफू मात्र किन पछि पर्ने ? जोड्नेहरूकै ताँतीमा ताँती मिलाउनु छ जोड्नेहरूकै भाँतीमा भाँती मिलाउनु छ नत्र सबैले लाटो भन्छन् । नत्र सबैले लठुवा भन्छन् । नत्र सबैले नामर्द भन्छन् ।

हरि काेर्काली :
बडामहाराजलाई त लोभ्याउनेले
अरूलाई किन नलोभ्याउनु
लोभ्याउने तिम्रो क्षमतालाई सलाम
तिमीलाई यति राम्रो रूप दिने
विधातालाई झन् धेरै सलाम !
तिमीकहाँ घडेरी किन्न नसकुन्जेल
ठुलै हैरानी हुन्छ
जीवनका हरेक हरेक लडाईं
हारे जस्तै हुन्छ
के गरिन्न र त्यसका खातिर
घुसखोरीदेखि दुष्करीसम्म
तस्करीदेखि मस्खरीसम्म
कैफतदेखि दैवतसम्म
जे जसो र जस्तो पनि छाडिन्न
हरेक हरेक गरिन्छ
अनेक अनेक गरिन्छ
र, बल्ल तिमीकहाँ घडेरी किनिन्छ
महल ठड्याउन त बाँकी नै हुन्छ ।
दुनियाँमा अत्याधुनिक तिलस्मी महल
हरेक चोटामा हरेक सुविधा
हरेक कोठामा हरेक वैभव वैभव
अनुसारकी स्वास्नी स्वास्नी
अनुसारका गरगहना गरगहना
अनुसारकै गाडी
हाई ! हाई ! जिन्दगी
वाह ! वाह ! मस्ती
जोड्न त अझै वाँकी नै हुन्छ ।
कसले पो जोडेका छैनन् र ?
राजाहरूले जोडेका छन्
काजीहरूले जोडेका छन्
वादीहरूले जोडेका छन्
पाजीहरूले जोडेका छन्
डाक्टर, वैद्य, धामी, झाँक्री
ऐरे, गैरे सबले जोडेका छन्
तब त
आफू मात्र किन पछि पर्ने ?
जोड्नेहरूकै ताँतीमा
ताँती मिलाउनु छ
जोड्नेहरूकै भाँतीमा
भाँती मिलाउनु छ
नत्र सबैले लाटो भन्छन् ।
नत्र सबैले लठुवा भन्छन् ।
नत्र सबैले नामर्द भन्छन् ।
०००
नेपाल बन्द (२०७०)
Subscribe
Login
0 Comments
Oldest






































