साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाकाे मुहार

भन्दछु म त आजका युवा बाबा हाे भाेलिका थपडी पिट नबुझे पनि बाबाका बाेलीका । नगर कैले उछिताे बाकाे पछुताे हाेला नि बयासी लाग्याे अब त छिटै चाैरासी हाेला नि ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

साठीमै स्वर्ग गएका बाकाे सम्झना गर्दैछु
सत्तरी नेटाे काटेका बाकाे मुहार हेर्दैछु ।

स्वर्गीय बाकाे तर्पण पिण्ड पुगेकै हाेला नि
जब्बर छ है धर्तीका बाकाे अमर चाेला नि !

नहेरी मुख भएन सुख राष्ट्रिय बाबाकाे
रिसाए बाबा चल्दैन केही निमुखा जाबाकाे ।

बाेकेर झाेला याे झाेले छाेराे बाबाकाे आँगनी
गर्दैछ सेवा परेर पाउ बनेर नादानी ।

गरेमा सेवा मिल्दछ मेवा भनेर बबुराे
अर्पण भेटी गर्दछु बाबा धनकाे कुटुराे ।

ओैशीकै दिन पारेर आएँ बाबाकाे कुटीमा
नहुने बुढाे आशिक दिनाेस् बाँधेर बुटीमा ।

चाकडी गर्न चुकेकाे छैन बाबाकाे गाथमा
चरण धुलाे शिरमा दल्छु दिन र रातमा ।

कुर्बानी दिन तत्पर छु म बाबाकाे खातिर
बलियाे किल्ला तयार पार्छु बाबा नै भा´तिर ।

कसले भन्छ उमेर बाकाे ढल्कियाे भनेर
झार्दिनु त्यस्काे मुखका जम्मै बङ्गरा गनेर ।

गल्दैन कैले याे जिउ बाकाे नजिस्क नचल
ढल्दैन कैले बाकाे त्याे पद कुर्सी छ अटल ।

भीष्मकाे इच्छा मरण बाकाे कालले छुँदैन
राप र ताप बाकाे नै चल्छ डाहले हुँदैन ।

विदेशी पानी खाने छ बानी विदेशी बाेतल
कालले पनि काँ लान सक्छ आयु छ टाेटल ।

रामकाे जस्ताे भक्तिकाे भाव देखाए बाबामा
पर्दैन राेटी सेकिए जस्तै सेकिन ताबामा ।

भन्दछु म त आजका युवा बाबा हाे भाेलिका
थपडी पिट नबुझे पनि बाबाका बाेलीका ।

नगर कैले उछिताे बाकाे पछुताे हाेला नि
बयासी लाग्याे अब त छिटै चाैरासी हाेला नि ?

०००
भाद्र कुशे ओैंशी
२०८२।०५।०७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x