साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोइ कता छ ? दशैं आयो रे सुन्छु !

साझा रङ्गमा रङ्गिएका दिनहरूलाई, देखाउने दिशा दिशाहीनहरूलाई। अब हराएका ती सुनौला दिन गन्छु ! खोइ कता छ दशैं ? आयो रे सुन्छु !

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

उत्सवको न्यानोपन छ सेलाएको,
कतै मौनता,कतै शून्यता छाएको।
पिङ छ रित्तो,कता को रिसाएको ?
आशिष थाप्ने खोइ कता हराएको ?
पुराना सम्झनामा मात्र रुमलिन्छु,
​खोइ कता छ? दशैं आयो रे सुन्छु !

​घरको त्यो मूलढोका हेर्छु टोलाएर,
आफन्त आउँथे खुसीले रमाएर।
अहिले त ताल्चा झुन्डिएको भेट्छु,
नचाहेर पनि नलेख्नु पर्ने नै लेख्छु।
परदेशी नातिलाई अनलाइन देख्छु,
​खोइ कता छ ? दशैं आयो रे सुन्छु !

​आँगनको डिलमा सयपत्री फुलेछन्,
तर फूल टिप्ने ती हात कता छुटेछन्!
मालश्री धुन बज्छ मोबाइलमा रसिलो,
तर छुँदैन भित्रसम्म, मन भएर अमिलो।
एकान्तमा बसेर भित्तासँग बोल्छु,
​खोइ कता छ ? दशैं आयो रे सुन्छु !

​अल्झेका छन् सबै मोबाइल सन्देशमा,
मानिस खोज्दैछ मानिस, हरेसमा।
खुसी रोकिएछ, गाउँ-शहर प्रवेशमा
उदासी छ मन, हुनुपर्ने नहुँदा देशमा।
दशैं यता छ कि इमोजीमा ? खोज्छु,
खोइ कता छ ? दशैं आयो रे सुन्छु !

आशिर्वाद- चोखो माया बाँड्नेलाई,
लड्न लागेकाहरूलाई समाउनेलाई।
साझा रङ्गमा रङ्गिएका दिनहरूलाई,
देखाउने दिशा दिशाहीनहरूलाई।
अब हराएका ती सुनौला दिन गन्छु !
खोइ कता छ दशैं ? आयो रे सुन्छु !

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x