साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहंकारले पवित्र मन छोपियोस्

उद्दण्ड राजा म सबको 'सगर्व कुर्लन पाइयोस्' मलाई छैन इच्छा पुण्य कमाउँदै हिँडूँ जहाँ लुट्न पाइन्छ बरु त्यहीँ पुगूँ नेपाली भुट्न पाइयोस् ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

साँझ पर्ने वित्तिक्कै बन्दुकको आवाज सुनियोस्
यी आँखाले दिनदिनै निर्दोष ढलेको देखियोस्

घमण्ड मन र अहंकारले पवित्र मन छोपियोस्
जनताको शिर टेकेर अहंकारीमाथि उक्लियोस्
उद्दण्ड राजा म सबको ‘सगर्व कुर्लन पाइयोस्’

मलाई छैन इच्छा पुण्य कमाउँदै हिँडूँ
जहाँ लुट्न पाइन्छ बरु त्यहीँ पुगूँ
नेपाली भुट्न पाइयोस्

यो शान्ति पनि मेरै अहंकारले फर्कियोस्
यहीँको पौरख अघाउन्जेली चुसेर बाँच्न पाइयोस्
अहंकारी राज्यका निम्ति ‘यो शरीर मोटाउन पाइयोस्

साँझ पर्ने वित्तिकै बन्दुकको आवाज सुनियोस्
यी आँखाले दिनदिनै निर्दोष ढलेको देखियोस् ।

०००
– तपेश्वरी-१, उदयपुर
मधुपर्क (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x