साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोपी जलेको दिन

अहिले टोपी जले पनि पलाउनेछन् आशाका सुन्दर तेजस्वी पालुवाहरू बिलाउनेछन् अवश्य एकदिन एण्टिअक्सिडेण्टका वर्षाले विषाक्त वातावरण र जलेको काला धब्बाहरू ।

Nepal Telecom ad

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ :

आगोले
ह्वारह्वारती
टोपी जलेको दिन
धुमिलिए सुन्दर र शान्त गगन
चिन्ता र पिडाको भूमरी हुन्हुनाउँदै
रङ्सालिँदै काला आवाजका धुवाँहरू
उडे र सुते खरानीका कणहरू
बगे खरानीका रगतहरू
बनेर निशान छाप
पृथ्वीमा ।

स्वार्थको
भूमरीमा फँसेर
टोपी जलेको दिन
रित्तिए मेरा गौरवगाथाहरू
रित्तिए मेरा स्वप्निल रहरहरू
सिद्धिए मेरा इतिहासका पानाहरू
सिख्रिए मेरा सुख दुःख साँट्ने
मौलिकताले सजिएका
शितल चौतारीका
बरपिपलहरू ।

आत्तिए कति
आकाश चरीहरू
टोपी जलेको दिन
उड्दै गुम्सिएर नभमा
रुँदैरुँदै रगतको आँसु बगाएर
आफ्ना बाटो र सारथीहरू भुलेर
बिर्सिँदै जाडोमा कोइलीले
आफ्नै सुमधुर स्वरहरू
च्याँठ्ठिए गला सुकाइ
मौनताको गुफामा
बस्नेहरू भने ।

तर
रमाइरहेछन्‌
वरिवरिका भिडहरू
आँसु बुँदको उपेक्षा गर्दै
खुसीका पल्लाभारी हाँसो साँट्दै
धुवाँको मुश्लोभन्दा अग्लिँदै
टोपी जलेको धुवाँको
संसार हेर्दै ।

अहिले
टोपी जले पनि
पलाउनेछन् आशाका
सुन्दर तेजस्वी पालुवाहरू
बिलाउनेछन् अवश्य एकदिन
एण्टिअक्सिडेण्टका वर्षाले
विषाक्त वातावरण र
जलेको काला
धब्बाहरू ।

०००
नागार्जुन– १०, स्युचाटार, काठमाडौँ
असोज २६, २०८२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शरद
शरद
7 months ago

“पलाउनेछन् आशाका
सुन्दर तेजस्वी पालुवाहरू”
हजुर, जीवन रहनु भनेको अनगिन्ति सम्भावनाहरू हुनु पनि हो।

Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x