साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानौँ बडो उत्सव !

हेर्लान् दृश्य यहाँ अनेक घटना छोपेर आँखाहरू । सुन्लान् शब्द जहाँ थुनेर सहसा दो-कान बन्दै बरु । बोल्लान् वाक्य कुनै पुगेर तटमा खोल्दै नखोली मुख ! खोल्लान् दुःख सबै परन्तु मनका मानौँ बडो उत्सव !

Nepal Telecom ad

होमनाथ घिमिरे :

दिन्नन् दान कलो भुलेर कसरी उल्टो भिखारी भने !
गथ्यौँ मालिकको पुकार जसरी सम्मान राख्थ्यौँ मने ।
छोड्यौँ नाम सबै मुकाम अघिको दोकान नौलो अब –
थाप्दैछौँ सबले मिलेर पथमा मानौँ बडो उत्सव !

खोलामा धमिलो बढेछ अति नै उफ्रेर माछाहरू –
आए हेर्न नदी किनार रमिता छोपेर ल्याआौँ बरु ।
डालो जाल समेत थाल बटुको हाँडी कसौँडी सब !
बोकौँ है हतियार भोजन त्यतै मानौँ बड‍ो उत्सव !

राँगोसाथ मिलाउँदै पशु नयाँ जोडेर भेडाहरू !
भाङ्ग्रोसाथ सिलाउँदै कमिजमा छोडेर धोती बरु !
नौटङ्की दरबार नाच बढिया चल्नेछ घण्टौँ अब ।
हेर्छन् मख्ख परेर दर्शक सबै मानौँ बडो उत्सव !

नाच्यौँ जङ्गलमा हिजो सहरमा उफ्र्यौँ यता गाउँमा !
भाँच्यौ कम्मर हात अङ्ग जनता सामन्तकै नाउँमा ।
छोड्यौँ गोत्र समेत जात थर नै चिन्दैन मान्छे अब !
चाहे राष्ट्र रहोस्- नहोस् गजबले मानौँ बडो उत्सव !

हेर्लान् दृश्य यहाँ अनेक घटना छोपेर आँखाहरू ।
सुन्लान् शब्द जहाँ थुनेर सहसा दो-कान बन्दै बरु ।
बोल्लान् वाक्य कुनै पुगेर तटमा खोल्दै नखोली मुख !
खोल्लान् दुःख सबै परन्तु मनका मानौँ बडो उत्सव !

०००
भरतपुर चितवन !
२० कार्तिक २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x