साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरा, स्याल र बाँदरको ऐतिहासिक एकता

बाँदरले ताली बजायो। स्यालले डकार्यो । जंगल फेरि शान्त भयो। नयाँ कुखुरालाई फेरि एकतामा ल्याउने तयारी सुरु भयो। किनकि एकताको नाममा, स्याललाई कुखुरा खाने तलतल मेट्नु थियो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

एकदिन जंगलमा ठूलो घोषणा भयो—
“अब कुखुरा, स्याल र बाँदरबीच ऐतिहासिक एकता कायम भएको छ।”

कुखुरा खुसी भयो।
उसले सोच्यो,
“अब त मेरो सुरक्षा पक्का भयो,
स्याल र बाँदर दुबै मित्र।”

स्याल मुस्कुरायो।
उसले मनमनै भन्यो,
“एकता त ठीकै हो,
बेलाबखत कुखुराको हिसाब–किताब मिलाउन पाइने भयो ।”

बाँदर भने मञ्चमा चढेर करायो,
“यो एकता ऐतिहासिक हो !
अभूतपूर्व हो !
संसारकै नमुना हो !”

एकतापछि बैठक बस्यो।
एजेन्डा थियो— जंगलको भविष्य।

स्यालले नियम बनायो,
बाँदरले र कुखुराले ताली बजाए।

दिन बित्दै गए।
एकताका नाममा
कुखुरा मौन बस्यो,
स्यालको महत्वकाङ्क्षा बढ्दै गयो,
बाँदर भने भाषणमा व्यस्त रह्यो ।

एकदिन कुखुराले हिम्मत गरेर सोध्यो,
“मेरो अधिकारको कुरा के भयो ?”
मैले परेका अण्डा खाने अधिकार स्याललाई कसले दियो ?

बाँदरले भन्यो,
“कुखुराको अधिकारको कुरा प्रक्रियामा छ।”

स्यालले थप्यो,
“अर्को चरणमा कुरा गरौँला ।”

त्यही रात
कुखुरा नै हरायो (स्यालले कुखुरालाई खायो।)

भोलिपल्ट बिहान
कुखुरा “हराएको” घोषणा गरियो।

सबैलाई थाहा थियो—
कुखुरा हराएको होइन,
स्यालले खाएको हो,
तर स्यालको अगाडि कोहि बोल्न सकेन।

तर बाँदरले पत्रकार सम्मेलन गरेर भन्यो —
“हामी कुखुराको खोजीमा गम्भीर छौँ।
दोषी जो कोही भए पनि छोडिने छैन ।”

स्यालले गम्भीर अनुहार बनाएर भन्यो,
“यो घटनामा
हाम्रो एकतालाई कमजोर बनाउने षड्यन्त्र देखिन्छ।”

छानबिन समिति बन्यो।
समय बित्यो।
निष्कर्ष आयो—
“कुखुरा रहस्यमय रूपमा हराएको हुनसक्छ ।”

बाँदरले ताली बजायो।
स्यालले डकार्यो ।

जंगल फेरि शान्त भयो।
नयाँ कुखुरालाई फेरि एकतामा ल्याउने तयारी सुरु भयो।
किनकि
एकताको नाममा,
स्याललाई कुखुरा खाने तलतल मेट्नु थियो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x