साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहुजस्तो अलच्छिना

अन्यत्रै तिमीले मुड्नू त्यो कतै देखियो भने छर्की गहुँत शुध्याऊ घरभित्र पस्यो भने ।। आफ्ना सँस्कारका साथ सकिन्छ बाँच्न त्याे विना वलिझैँ पर मन्छाऊ सारै हुन्छ अलच्छिना ।।

Nepal Telecom ad

हाेम सुवेदी :

म आफैँ बुझ्न यो छाडेँ बढ्दै छ किन हाे घिन
नेताको देखिए छाया लाग्छ सारै अलच्छिन ।।

काइँलाबा थिए साथै के लाग्याे अब यो हुन
दिए उत्तर तत्कालै ए बाबू, यो कुरा सुन ।

बिहानै घरका सामु कुनै नेतो पर्‍याे भने
स्नान गर्दै हुनू शुद्ध अपवित्र भएँ भनी ।

बाटोमा टोलमा नेतो कदाचित् देखियो भने
अपवित्र भएँ भन्दै खकारी थुक्नुपर्दछ ।।

उही अलच्छिना मुर्दाे देखिन्छ खोलियो भने
चुनाउ नहुँदासम्म टिभी खोल्न मनाई छ ।।

एककाे काड्दछन् छाला अर्काकाे गर्दछन् जए
पढ्नुकाे अर्थ देखिन्न हन्बेर्ना पत्रिका भए ।

पैसाको घाँस खाएर यौटाले गुण गाउँछ
उस‌ैका सामुमा पर्दा अर्को तिघ्रा कमाउँछ ।।

खाई डलरको खोले पचाई देशमा थुके
विदेशीहरूका खिच्चा हाम्राे नेपालमा भुके ।।

हेरिए पढिए यद्वा देखिए तिनको मुख
राहुकेतु दशाजस्तो पाइन्छ अति नै दुख ।।

हे मेरा भतिजा त्यस्ता खिच्चाको मुख देखिए
ताताे पानी तताएर मुख खाेकल्नु पर्दछ ।।

अन्यत्रै तिमीले मुड्नू त्यो कतै देखियो भने
छर्की गहुँत शुध्याऊ घरभित्र पस्यो भने ।।

आफ्ना सँस्कारका साथ सकिन्छ बाँच्न त्याे विना
वलिझैँ पर मन्छाऊ सारै हुन्छ अलच्छिना ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x