साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मागेर खानेहरू

रे सज्जनले जिते चतुरले, बाँडेर आस्वासन जनताको बटुली खुला चउरमा, मीठो गरे भाषण। जनता मख्ख परे सिधा ति बिचरा, सुध्रे होलान् नि भनी मागे भोट विनम्रता किसमले, नेताहरूले पनि।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

माग्ने लस्कर आज यो गरिबका, झुप्राहरूमा पुगे
ढोगे पाउँ चुमेर यी गरिबका, माथा सबैका झुके।
मागे भोट विकासका गफ गरी, मीठो गरे भाषण
आफ्नै हौ सब देशका जनहरू भन्दै कसे आसन।।

पत्याए जनले कुरा अझ उनै, फाँसिष्टका आखिर
खाए मासु र भात फेरि जनले, पायौँ भनी जागिर।
झुक्याए अझ दुष्टले सजनको, सुध्रेर आयौँ भनी
हाले भोट अझै उनै अधमको, जनताहरूले पनि।।

हारे सज्जनले जिते चतुरले, बाँडेर आस्वासन
जनताको बटुली खुला चउरमा, मीठो गरे भाषण।
जनता मख्ख परे सिधा ति बिचरा, सुध्रे होलान् नि भनी
मागे भोट विनम्रता किसमले, नेताहरूले पनि।।

झुक्कीए जनता अझै ति बिचरा, रोजे उनै बाँदर
सारा गर्छ बिनास बाँदर भए,राम्रो कहाँ गर्छ र।
खाला मासु लुछेर हाड उखली, छोडेर जाला पर
काला कर्तुतका यी राजनितिमा, लाग्दैन कस्कै भर।।

हाम्रो देश जलाउनेकन चिनौ, आयो भने गाउँमा
तिम्रै पुत्र त हौँ भनेर निहुरी, पर्नेछ ऊ पाउमा।
गर्ला उ जनको बिनम्र बिनती, सेवा गरौला भनी।
बेच्ला देश जित्यो भने त सहजै, भाग्ला पराई बनी।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x