साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरको सहभोज

Nepal Telecom ad

आहा ! क्या मजा । सहरको सहभोज भने पछि दिमाखै चङ्गा भएर आउछ । सहर पस्ने बस्ने रहर कस्लाई लाग्दैन र ? म जस्ता कोदोको खोले र सिस्नुको मुन्टोले छाक टार्नेहरूको लागि त सहरको सहभोज आकाशकै तारा हुन्छ । तै पनि चन्द्रमा दाइना भए चिताएको पुग्ने मात्र होइन आफै पुग्ने सम्भावना पनि प्रवल हुँदो रहेछ ।
कुरो लगनगाँठो कसिएका बेलाको हो । हनिमुनको हल्ला र श्रीमतीसँग सल्ला ठ्याक्क मिल्यो भने घर छोड्ने दिन पनि आउँदो रहेछ । मलाई पनि मोटर चढ्दै श्रीमतीसँग कुममा कुम मिलाएर सहर पस्ने मात्र होइन होटलमै बस्ने इरादा प्रबल भएर आयो । सुविधा सम्पन्न सहरमा श्रीमतीसँगको सहभोज मेरो लिखुरे शरिरको लागि उत्तम इनर्जी हुन सक्छ । त्यसैले म ओड्ने ओछ्याउने गुन्टा कसेर श्रीमतीकासाथ सहर पसेँ । “मरि लानु क्यै छैन” भनेर अर्धाङ्गिनीलाई पनि झोल ठोस सबै चखाएँ । अघाउन्जेल खान त मलाई नै पुग्दैन थियो, अल्पाहारी प्यारीलाई त चखाएँ मात्रै । रहलपहल फिर्काफार्की टुक्राटाक्री आफै हाम । पतिव्रता श्रीमती पतिलाई हेरेर नै अघाउने भएपछि खाने नखाने किन पुछ्ने । मस्ताराम आफैं ! आफैं !! सर्बत्र आफंै !!!
हिँडेको पाँच दिनमा सहर पसियो । उत्तर आधुनिक पुत्र पौत्रादिको प्रादुर्भावको उच्चाकांक्षाले श्रीमतीसँग सहरमा सहभोज भनौ वा मोजका लागि घर छोडियो । बुढा बाबु बुढी आमा जेसुकै गरुन्, “बुढाको धोक्रो काँधैमाथि” भनेको शायद यही होला । “छोराले गरेर ख्वाउला भनेको बेलामा बुहारीलाई समेत टुप्पीमा चढाएर हिंड्यो” भन्छन् होला । भनुन् के गर्नु त टुप्पी पनि मेरै श्रीमती पनि मेरै नकराऊ है धेरै भन्नु पर्ला नि पछि ।
मैले बाबुको खल्ती र आमाको नाम कान बुच्चै पारेर हिँडेको ठिकसाँचो हो । सहरमा सहभोज गर्दा अझ कति पैह्रो जाने हो । कि आँटले खान्छ कि ढाँटले खान्छ भन्ने मेरो मूल मन्त्रले मलाई घरबाट मुक्ति दिलायो । शायद यो क्षणिक खुसी हुन सक्छ । बाबु आमाको धनमा रमाएको मन हुनाले । पछि त घर चाहिन्छ । नत्र घरको न घाटको हुन के बेर । तिता मिठा कुरा मनमा खेले पनि हामी सहर पस्यौं एउटा सानदार मनदार होटलमा छि¥यौ र पैसा ति¥यौ ।
जलपान खानपान गर्ने आँट गरियो र मेनु (दानाको प्रकार र प्राइसलिष्ट) हे¥यौँ । पैसा सस्तो खाँदा कस्तो हुन्छ कस्तो भनेर रु ५० खाले आलु फ्राइ रोज्यौ । सहरमा मिसावट हुन्छ त्यसैले आलुमा पिंडालु नमिसाउनु है भनेर श्रीमतीले सजग गराउन मात्र के खोजेकी थिइन होटलवालाले बम्किए “पाखेहरू मिसावटको आक्षेप लगाउने, प्रमाणित गरेर देखाउ” । मिसावटको कुरो उठाएमात्र पनि पुलिस बोलाएर ठानामै पु¥याउछ कि जस्तो लाग्यो । नयाँ दुलहीको लिपस्टिक पोतिएको लाल लाल ओठ थुनिदिएँ । मजा गर्न सहर पसेको नमजा हुन्छ कि भन्ने पिरलोले सताउन थाल्यो । तैपनि मन मोड्न थकान मेटाउन “मोइ खानु प¥यो” भनेर श्रीमतीसँग काने खुशी गरेको होटलमा भैंसी पालेका हुँदैनन् के को मोइ खाने ? श्रीमतीले उल्टो थुर्नु थुरी । पोइले खान खोजेको मोइ र श्रीमतीले खान खोजेको भोइमा फरक प¥यो । मुखैमा आएको चुक निल्न बाध्य भएँ रातोमुख लाएँ ।
उत्रापट्टिको होटलकोठाहरूमा मेल फिमेलको सहभोज चलिरहेको थियो । हाम्रो पनि आलु फ्राइ आयो । छुट्टा छुट्टै प्लेटमा ल्याएको आलु फ्राई हाम्रो सहभोज साकार पार्न एउटै प्लेटमा खन्याइयो र खान थालियो ४÷५ पिस, ४÷५ पिस खाँदा खाँदै सिद्धियो । खुराक न्यून भएको भ्mवाँकमा श्रीमती भुनभुनाउन थालिन् । सय रुपियाँको आलु ५ किलो आउँछ । एक पाउ आलु फ्राइ पनि छैन सय रुपियाँ लिने । सहरको होटललाई चिने । सेवाको नाम ठगाईको काम, हिंड बुढा घरै जाम । घरैमा गएर अघाउन्जेल खाने । श्रीमतीलाई शान्त पार्न १०१ नं कोठामा छिराएँ । र सोचे मैले बाटो बिराएँ । घरै बसेको भए नजान्थ्यो सय नहुन्थ्यो भय । पकेटको पैसा दिनप्रतिदिन निख्रिदै गए पछि श्रीमतीसँगको सहभोज टुट्ला जस्तो भयो । सीमित समयको सहभोजानुभव सँगाल्दै श्रीमतीलाई अँगाल्दै बा आमाकै सिदो पिठो खान घर फर्कियौं ।
सानदार मनदार होटलमा सहरको सहभोज जतिरात छिपिंदै जान्छ उत्ति नै सहभोज चर्किदै जाँदो रहेछ । एकातिर बारुले कम्मरवालीहरू ब्युटीब्रोन देखाएर क्याटवाक गरिराखेका थिए । अर्कातर्फ गजलगीतहरू नब्बे डेसिवल भन्दा चर्को ध्वनीले गुन्जाएमान । चर्को ध्वनीले मनी सजिलै आउँदो रहेछ क्यार । एउटा गजलको २ लाइन त मलाई पनि कन्ठै भयो । ओर्काइ फर्काइ यही रटिराखेका हुन्थे ।
जे जे हुनेहो हुन्छ यहाँ पर्दा पछाडी नै ।
जो जो रुने हो रुन्छ यहाँ पर्दा पछाडी नै ।।
टेन्सन फ्री ⁄ आफ्नो पिर, व्यथा, उकुस–मुकुस समेत पचाउन सक्नु पर्दो रहेछ । सहरमा सहरको सहभोजमा जातजाती विशेष नहुँदा रहेछन् । यहाँको सहभोजमा मेल अधिक फिमेल न्यून भए पनि घिन नमानी सेवा, सहयोग, सहभोग वा सहरको सहभोज साकार पार्न दिलोज्यान दिएर लागि पर्दा रहेछन् ।
होटलका आँगनमा सरकारी सुरक्षाकर्मीहरू हातमा सिंगा सिंगै डण्डा लिएर शान्ती सुरक्षाको पूर्ण प्रतयाभूती दिन कती कन्जुस्याँई नगर्दा रहेछन् । सहरको सहभोजमा सामेल हुँदै चारै पाउ, चारै प्रहर प्रहरी सेवाले मह काड्दै हात चाट्दै गरेको प्रत्यक्षानुभव सँगालेकी मेरी पढालेखा श्रीमतीले भविष्यमा उत्तरआधुनिक पुत्रपौत्रादिलाई प्रहरी सेवामा जागिर खान वाध्य पार्ने प्रण गरेकी छन् । कुरा ठिकै पनि लाग्यो र मचाही तत् मार्गमा “घोकन्ती विद्या ध्यावन्ती” खेती भनेझै छिटो पुत्रप्राप्तीको लागी बाँझो खेत जिल्याई राखेको छु । सहरको सहभोजमा रक्सी र बोक्सी खुट्याउन र छुट्याउन हामी बुढाबुढीले नै सकेनौ भने कुमार कन्याले के गर्लान ? सुगमताको लागि भविश्यमा यसतर्फ ध्यान केन्द्रित गर्दै घरैमा सहभोज मात्र होइन मह भोजै गरे पनि नहुन्छ भय न जान्छ सय क्यानन्द ।
फुलबारी– ११, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x