साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो खद्दरको साडी

Nepal Telecom ad

‘साडी किन्नु प¥यो नयाँ किनिदिनुस्’ मैले भनेथें जब
स्वामी बोल्नुभयो कुरा नगर भो दामी लुगाको अब
आएको छ नयाँ नयाँ किसिमको साडी बजारैभरि
यौटा ल्याइदिनुस् न है भनिरहें साडी किनी क्यै गरी ।

‘जाली नेट गुलाब रङ्ग त्यसमा बुट्टा भरेको छ नि’
हो त्यै ल्याइदिनुस् भनें भनिरहें राम्रो छ त्यो नै भनी
मेरो ईज्जत राखिँदा हजुरको बढ्नेछ आफ्नो पनि
रोएँ रोइरहें म रात दिन नै साडी कि साडी भनी ।

बिन्ती भाउ गरेर पाउ म परें स्वामी त्यसै गल्नु भो
ल्याई दिन्छु म भन्नु भो र बिचरा न्यूरोडमा चल्नु भो
स्वामीको तलदेखि माथि शिरको हेरेर टोपीतिर
धम्क्याएछ दुकानदार जसले जानुस् भनी बाहिर ।

स्वामी भन्नुहुँदो रहेछ गतिलो साडी मिलाई दिनुस्
धेरै टाइम छैन दाम कति हो भन्नुस् र पैसा लिनुस्
साढे पाँच हजार नोट छ नयाँ धेरै नहेप्नुस् भनी
पैसा गन्नुहुँदो रहेछ पसले सामू सबै खन्खनी ।

भन्दो रैछ दुकानदार यतिले धोती लिनुस् खद्दर
बोनी भो नबिगार्नुहोस् पसलको व्यर्थै नगर्नुस् कर
स्वामी फर्किनुभो अबेर घरमा धोती लिई खद्दरी
त्यै धोती म लगाउँदैछु अहिले फाट्दैन केही गरी ।

खस्रो होस् मनमा मुलायम छ यै धोती यही खद्दर
राम्रो चट्ट यही सुहाउँछ अरे देखिन्छु रे सुन्दर
पैसा खर्च गरेर व्यर्थ महँगो साडी लगाउन्न म
दामी वस्त्र भिरेर मात्र असली सौन्दर्य पाउन्न म ।

कोलोराडो, अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x