साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुँडो र घुँडो

Nepal Telecom ad

जेठो छोरो जौडे निस्कियो
खेल्छ जुडो
माइलो छोरो कौडे निस्कियो
खेल्छ कौडो
साइँलो चाइँ साँढे निस्कियो
मच्चाउँछ रैफाँडो !

काइँलो छोरो किसान निस्कियो
फलाउँछ फर्सी, कुभिण्डो
जन्तरे बजिया जँड्याहा निस्कियो
बुद्धि भो उभिण्डो !

खन्तरे छोरो खेलाडी निस्कियो
खेल्छ मैदानमा भकुण्डो
मन्तरे मोरो मन्त्री निस्कियो
खेल्छ मन्त्रालयमै ताइकुण्डो
लखन्तरे लठुवा लुरे प¥यो
खेल्छ कोठामा लुँडो ! !

कान्छो छोरो कोक्ल्याँटो निस्कियो
कुरो गर्छ बिब्ल्याँटो
कोक्ल्याँटै भए पनि कवि निस्कियो
चलाउँछ टुँडो ! ! !

मैँ परे बिकामे बूढो
न त खेल्छु जुडो
न त खेल्छु लुँडो
न त चलाउँछु टुँडो
म त केवल
बसीबसी हल्लाउँछु घुँडो ! ! ! !

जनपथटोल, विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x