साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होइन ए नयाँ वर्ष !

Nepal Telecom ad

गर्याप गर्याप
नयाँ संविधान लिएर
घर घरमा आउँला भनेको त
लखर लखर
झुसिलकिराको गतिमा
लुसुक्क आयौ
सके जुँगामा रेखी हालेर
नभए अधबैंसे तन्नेरी जस्तो
दार्ही जुँगा फालेर आउला भनेको त
झुस्स दाह्री पालेर पो आयौ ।

पहिले आउँदा त
हृष्टपुष्ट भएर
भुँडी फुलाएर आउँथ्यौ
खोले खाएर आयौ कि
छोले खाएर आयौ
होइन ए नयाँ वर्ष
यसपाली त किन किन यस्तो
खाना छाडी भोक हड्ताल बसेको जस्तो
खान नपाई शरीरमा
सुकेनासे पसेको जस्तो
तिमी आउँदा
देश गती पनि किन यस्तो
पेट्रोल सकिएर
गाडी धक्कामा चलेको जस्तो
पुल बनाउँदा
के ठेक्कामा ढलेको जस्तो
हैन ए नयाँ वर्ष
यसपाली पनि किन यस्तो ?

जुस खान छाड्यौ कि
घुस खान छाड्यौ
जति कोर्रा हाने पनि
देश बुढो घोडा गलेको जस्तो
भृकुटी मण्डपको रेल जस्तो ।

तिम्रो त त्यही दार्ह्री
कन्याउँदै दिन जाने हो कि
आफ्नो कार्यकर्ता
मनाउँदै छिन जाने हो
संविधान बनाएर
आनन्दको भात कहिले खाने हो ?

तिमी आउँदा
औशी परेको थियो कि
देउसी परेकोथ्यो
दाह्रीले मान्दा जुँगाले मान्दैन
जुँगाले मान्दा बुङ्गाले मान्दैन
छ वर्षअघि
बाली नागेको भैंसी
अब कहिले ब्याउने हो ?
होइन ए नयाँ वर्ष
फेरि आउँदा
संविधान भन्दा पनि
नयाँ प्रधानमन्त्री नै ल्याउने हो ?
थारो भए थारै भनी दिनू
गाह्रो भए गाह्रै भनी दिनू
ब्याउँदै नब्याउने भैंसीलाई
कति दिन यसरी उभ्याउने हो ?

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x