साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता उवाच

Nepal Telecom ad

बाँचेँ म कस्तो छल वा बलैमा
म खन्छु खाल्डो दलका दलैमा
म रम्छु धेरै गुट भित्र–भित्र
आनन्द लाग्ने फुटमा विचित्र ।

सराप देउन् जनता सबै नै
हुँदो छ मेरो फलिफाप सिँत्तैँै
म छाड्छु खित्का जनता लिलामी
सिद्धान्त मारी गएको मलामी ।

म पुग्छु टाढा अति माथि माथि
टेकेर थाप्लो चढ पक्षपाती
लुटेर खाने सजिलो कमानी
गो बन्धकी देश छ को जमानी ?

म तेलमा झेल गरी हसुर्छु
बेचैनमा छ दुनियाँ म जुँगा मुसार्छु
यो देशमा छ्रैन नि रोजगारी
बेची तिनै जन्तु भरेँ भकारी ।

खस्दैन पानी छ टुटी सुकेको
टुटी त्यसैले निहुरी झुकेको
आँखा नदेख्ने जनता बनाई
म घुस खाने बिजुली निभाई ।

श्रमी तिमी हौ पसिना बगाऊ
मीठो नखाऊ न त न्यानो लाऊ
सुके सुकुन् ती कर ता तिरी द्यौ
सत्ता र भत्ता तनखा भरी द्यौ ।

फोक्सो कलेजो मुटुको छ खाना
म गर्छु खाली भाषणको वहाना
तानेर आन्द्रा सुकुटी लतार्छु
कस्नू तिमी पेट म ता डकार्छु ।

कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x