साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगीको अभ्यास

Nepal Telecom ad

धेरै गाह्रो हुँदोरहेछ
र पनि
झुटो बोल्न सिकिरहेको छु ।
साह्रै अप्ठ्यारो हुँदोरहेछ
तैपनि
चिप्लो घस्न ट्यूसन पढिरहेको छु ।
निकै खतरनाक हुँदोरहेछ
जे भए पनि
फटाहाहरूलाई साथी बनाउने
प्रयास गरिरहेको छु ।
अत्यन्त कठिन हुँदोरहेछ
भए पनि
नक्कली हाँसो हाँस्ने
प्रयास गरिरहेको छु ।
ज्यादै सकस पर्दोरहेछ
परे पनि
कृत्रिम आँसु झार्न
बल गरिरहेको छु ।
पोख्त हुनै नसकिने रहेछ
नसके पनि
जालझेल र प्रचारबाजीतिर पनि
चासो दिइरहेको छु ।
खै,
अनुभव सकेसम्म बटुलेकै हो
यसै गरी हो कि कसरी हो !
सफल भइने हो कि नभइने हो !
जिन्दगीको कठोर अभ्यास गरिरहेको छु ।

दियाले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x