साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्रह टिप्ने सपना

Nepal Telecom ad

एक्काइसौँ शताब्दीको
पहिलो दशकको मेरो युवक
आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ
सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर
सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा
खाते बालकझैं
दैलो–दैलोका क्रुर नेता र
पतीत राजनेताहरूसँग
रोजगारीको भीक्षाटनबाट हारेर
एकै फिलिङ्गोमा बल्ने भएको छ
चौबीस वर्षको भइसकेको
मेरो युवालाई
मतदाता नामावलीमा
नाम दर्ता गर्न मन छैन
निर्वाचन आयोगको आह्वानलाई ऊ
विद्रोह कैद गर्ने सरकारी षड्यन्त्र मान्दैछ
आगामी मतपेटीलाई ऊ
थुक्ने योजनामा छ
वास्तवमा उसलाई अहिले
रोजगारीको परिणाम निस्कने
विश्वविद्यालयको प्रमाणपत्र राख्ने
ढ्वाङ चाहिएको छ
उसका आत्मयोजनाका
श्रमपूर्ण सारा कल्पनाहरू
विश्वविद्यालयको कालो गाउन भिरेर निस्केपछि
खङ्रङ्ग भएका छन्
अब ऊ आफ्नी प्रेमिकासँग पनि भेट गर्दैन
पार्कका फूलहरू छुँदैन
दिनको प्रचण्ड घाममा
उग्र तात्तिएर
ऊ गन्तव्य खोज्दैछ
तर कहीँ पनि छैन उसको गन्तव्य
उसले जता गए पनि हुन्छ
किनभने कतै पनि उसले प्राप्त गर्ने फल छैन
टुङ्गोबिनाका मार्गहरूमा ऊ
अमेरिका, जापान, बेलायत, जर्मन, कोरियाको भिसा कुरिरहेछ
कहीँ आकाशमा उड्न पाइयो भने
एउटा राम्रो ग्रह टिप्ने सपनामा छ ऊ ।

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x