साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनी अचेल मान खोज्छन्

Nepal Telecom ad

कुन्नि केको उनी अचेल मान खोज्छन्
मान्छे भई मान्छेलाई खान खोज्छन् ।

जतातिर शिकारीको धराप छ
पाठाहरू उतैतिर जान खोज्छन् ।

आफ्नो खोटो सिक्कालाई भजाउँने
शहरभरि उनी त्यो दोकान खोज्छन् ।

जिउँदाको मासु खाई नपुगेर
राती राती मान्छेको चिहान खोज्छन् ।

हात पसार्ने बानी नै भो नेपालीको
जन्मदिन मनाउँन दान खोज्छन् ।

खुकुरी र सङ्गीनले लैस भई
जङ्गलमा मान्छेको कल्याण खोज्छन् ।

बेइमानीको धारलाई लुकाउँन्
बेइमान इमानको म्यान खोज्छन् ।

मान्छेदेखि डराएर ‘समर्थन’
सहाराको लागि भगवान खोज्छन् ।

मत्सरी, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x