साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्तको आँखा

Nepal Telecom ad

२०६४ सालमा बुबाले आफ्नो जन्मघर सालुपाटीमा आमा र मलाई लिएर जानुभयो । काकाको घरमा बस्यौँ । फुर्सदको समयमा बाजेले जोडिदिनु भएको जग्गा जमीन हेर्ने काम भयो । सालुपाटी बजारमा हाम्रा आफन्तहरू धेरै रहेछन् । बुबाले आमालाई आफ्नो जन्मघर ७२ वर्षको उमेरमा मात्र पहिलोपटक देखाउनु भएको हो । म त एकचोटी सानैमा दाजुसँग मिलेर र अर्कोचोटी ठूलो भएपछि बुबासँग मिलेर आएको गरी यहाँ दुइपल्ट मात्र आइपुगेको छु ।

एकदिन बाजे बराजुले जोडिदिएको जग्गा जमिन हेरेर फर्किरहेको बेला हाम्रा एकजना आफन्तले बाउभन्दा छोरो पो बूढो रहेछ भनेर प्वाक्क भने । उहाँको कुरा सुन्ने बित्तिकै झनक्क रिस त मलाई नउठेको कहाँ हो र आफ्नो रूप किन देखाउनु भनेर चुप लागेँ । एक मनले भन्यो– ७२ वर्षको बाउचाहिँ ठिटो ४० वर्षको छोरोचाहिँ बुढो देख्ने हाम्रा आफन्तको आँखामा फुलो परेछ कि क्या हो जस्तो लाग्यो । अर्को मनले भन्यो– साँवालाई मायाँ गरेर त्यसो भनेका होलान्, म त जे भए पनि व्याज न परेँ भनेर मन बुझाएँ । फेरि मनले भन्यो– बुबासँग धेरै वर्षपछि भेट भएकाले चाकडी भाषा बोल्या होेलान् भनेर चित्त बुझाएँ ।

टाउकोमा रौँ खुइल्यो भन्दैमा उहाँहरूले त्यसो भनिहाल्नु पर्छ र ! भने जस्तो मनमा लाग्यो । जे होस् बाहिरको दुनियाँ नदेखेका आफन्तले त्यसो भन्यो भन्दैमा के चित्तमा पित्त जमाउनु भनेर मन बुझाएँ । आजकल बुढोलाई बुढो भन्न नहुने जमानामा म ठिटोलाई बुढो भनेको कसरी पचाउन सक्नु ! यो त साह्रै गाह्रो विषय पो रहेछ । जे होस् मलाई बुढो देख्ने आफन्तहरूले अबका दिनमा गाजर, मुला, मेवा टन्न खाएर आँखा बलियो बनाउनुस् ताकि अर्को भेटमा मलाई सही देख्नु हुन्थ्यो कि ?

सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x