साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रोभन्दा मेरो क्या ठाँट छ !

Nepal Telecom ad

 

हो, म एक्लै छु, तर, मेरो साथ दिने
मसँग सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

हो, म एक्लै छु…

आकाशको बादल नबर्स व्यर्थै
मेरो आफ्नै आँखामा बर्षात् छ ।
चट्याङ सित्तैंमा नझर तिमी
मेरै मुटुभरि बज्राघात छ ।

हो, म एक्लै छु…

मलाई दयाले नहेर बाबु सा’बहरू
तिम्रोभन्दा मेरो क्या ठाँट छ ।
बाँचुन्जेल आकाशको नीलो छानो छ,
मरेपछि आर्यको घाट छ ।

हो, म एक्लै छु, तर मेरो साथ दिने
सिङ्गै अँध्यारो रात छ ।

२३/६/२०४४
२ : १५ बजे बिहान
पाण्डुलिपि साहित्यिक मासिकबाट
(शीर्षक फित्कौलीको)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x