नन्दलाल आचार्यफित्कौली गजल
नमस्ते गर्छु प्रभुझैं ठान्छु मान न मच्छड
शरण तिम्रै परेर विन्ती जान न मच्छड ।
कायल भएँ सङ्गीत सुन्दा अघाएँ दानले
छाडेर डस्न सन्तती आफ्नै ठान न मच्छड ।
हारेर आएँ शरण पर्न विन्ती छ नडस
दिएर मुक्ति अरूको मन तान न मच्छड ।
दुष्टता बढ्यो सज्जन घट्यो संसार यस्तै छ
शोषित छाडी शोषकलाई हान न मच्छड ।
तपेश्वरी
Subscribe
Login
0 Comments
Oldest







































