प्रेम ओली ढकलपुरेमापसेमा लोके
एक दिन लोकेले
टन्न भोज धोके
घर जान
मोटरबाइकमामा चोरबाटो हुँदै
कुलेलम ठोके
तर बिचरा के बच्थे लोके
गल्लीमा पनि सिट्टी बजाउँदै
मापासेले रोके
टिलटिल बत्ती बाल्दै
मापसेले डाक्टरले झैं भन्यो–
ल मुख खोल्नुस्
लामो सास लिएर
ह्वास्स फाल्नुस् ।
लोके भने–
ससुराली भोजमा गाको हजुर
छोइलासँग यसो प्रसाद
खानै पर्ने भएर मात्र
अलिकति अइला लाको हजुर ।
मापसेले भन्यो–
यति टाढा नै ह्वास्स आउँछ
प्रसाद मात्र खाएको भए
यति साह्रो ठ्वास्स गनाउँछ ?
लोकेले भने–
सासूले प्रसाद भनेर एक गिलास दिइन्
सालीले पनि अलिकति भेना भन्दै
अर्काे एक गिलास ल्याइन्
जेठान्नी दिदीले पनि
अन्तिम भन्दै थपी दिन भ्याइन्
धरोधर्म सर
ससुरालीको पूजामै गएर आको हजुर
प्रसाद भनेर मात्र
यसो अलिकति लाको हजुर
हजुरलाई पनि मन पर्छ भने
त्यो प्रसाद अलिकति सँगै ल्याको छु
चल्छ भने ठूलो खसीको
छोइला समेत बोक्न भ्याको छु ।
मापसेले भन्यो–
जाडो छ बाँच्नै पर्यो
हाकिमको इसारामा पनि
नाच्नै पर्यो
अरु भएको भए कारबाहीमा पर्थ्यौ
प्रसाद भने पछि त
हामीले पनि खानै पर्यो
अब तिमी पनि
दायाँबायाँ नगरी घर जाऊ
अब यो प्रसाद लिएपछि
के ड्यूटी गराइ भो
अब आफू पनि घरतिर जानु पर्यो
म पनि लागेँ आफ्नो बाटो
जे गर्यो यो प्रसादले आज राम्रै गर्यो ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































