साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब त म तन्नेरी भाको छु

Nepal Telecom ad

 

हिजो जस्तो
सिगाने केटाकेटी नठान
के गर्छ भुराले नभन
अब त
म पनि तन्नेरी भाको छु
त्येसैले भट्टीतिर आको छु ।

हेर कसरी
कानमा, मुन्द्रा, घाँटीमा लकेट
हातमा बाला नाकमा फुली लाको छु
माथि छत्री झैं छत्रिदै गाको छु
तल सियो झै सुक्दै आको छु
दालभात भन्दा धेरै
भाङ धतुरो रक्सी खाको छ
कस्ले रोकटोक गर्ने अब ?
किनभने
अब त
म पनि तन्नेरी भाको छु ।

अब त हामीसँग
गब्बर पनि डराउँछन्
हामीले भनेपछि अच्छेअच्छेले पनि
सुरुवालको के कुरा
कट्टु पनि छेराउँछन्
अरु नभए पनि
टोले गुन्डाको पद पाको छु
किनभने
अब त
म पनि तन्नेरी भाको छु ।

बा विदेश गाका छन्
आमा पनि दिन भर
खै कता हराउँछिन्
सुन्दैछु आजभोलि
बालाई भन्दा धेरै
अरुलाई मन पराउँछिन्
म पनि भरी भाको छु
भने जति पकेट खर्च पाको छु
पढाइ सढाइ छोडिकन
फिल्म हेर्न
तरुनी ल्याई आको छु
किनभने
अब त
म पनि तन्नेरी भाको छु ।

हजुर बाआमा गाउँ छोडी
म त मम्मीसित
पढ्न भनी सहरतिर आको छु
पढाई लेखाइ भन्दा
डिस्कोतिर धेरै धाको छु
आज एउटीसित
भोलि अर्कैसँग मायाप्रीति लाको छु
किनभने
अब त
म पनि तन्नेरी भाको छु ।

दाङ, हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x