साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोरञ्जन त केही गर्नै पर्यो

Nepal Telecom ad

ओहो, यति धेरै साथीभाइ जम्मा भइएछ
ल आउनुहोस् केहि मनोरञ्जन गरौँ,
गज्जब नाच देखाउने फुर्के कान्छो पनि त यहिँ रहेछ
मादल ठोकेर गाउँनै थर्काउने थरके पनि किन बसी रहेछ ?
ओ गौँथली नानी, तिम्रो गीतमा त गाउँ नै लट्ठ पर्छ
हाम्रो मनोरञ्जनको लागि तिमीले यहाँ गीत गाउनु पर्छ
के रे ? नाइँ रे ! लाज लाग्छ रे ?
भैगयो नगाऊ उसो भए,
लाज लाग्छ भन्ने मानिस कम्तिमा एक जना त देशलाई पनि चाहिन्छ
मनोरञ्जन गर्ने त के भयो र, कुनै नेता पनि त पाइन्छ ।

ए, माननीय भएको माने कान्छो पनि त यहिँ रहेछ
लौ लौ माननीयज्यू,
आफ्नो अति व्यस्तताका बाबजुद यहाँ पाल्नु भएका तपाइँले
देश गम्भीर अवस्थामा छ भाकाको एउटा भाषण सुनाइ दिन पर्यो
नभए, देश संक्रमण कालबाट गुज्रिदै छ को भाषण भने पनि हुन्छ
बल्ल बल्ल यत्रो जम्मा भएका छौँ
मनोरञ्जन त केहि गर्ने पर्यो
मनोरञ्जन त केहि गर्ने पर्यो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x