साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

Nepal Telecom ad

खोपडीभित्रको तत्व नेताहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनु भएको छ
उडौंला उडौंला जस्तो गरेर
ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ
खबरदार साथीहरू हो हल्ला नगरौँ १
उहाँहरू केही न केही गरेको गर्यै हुनुहुन्छ
पिँधमा प्वाल परेको घ्याम्पो भरेको भर्यै हुनुहुन्छ
तलब भत्ताको भर्पाइमा
नियमित हस्ताक्षर जनाउँदै हुनुहुन्छ
उहाँहरू सम्बिधान बनाउँदै हुनुहुन्छ ।

कोही भित्र पस्दै हुनुहुन्छ
कोही बाहिर निस्कँदै हुनुहुन्छ
कोही कुर्सिमा उङ्दै हुनुहुन्छ
कोही क्यान्टिनमा घुम्दै हुनुहुन्छ
सुत्केरी हुन लागेकी गौमाताझैँ
कोही बारम्बार उठ्दै बस्दै हुनुहुन्छ
कोही निस्कृय छैन, सब मस्तै हुनुहुन्छ
हल्ला नगरौं साथीहरु हो !
कोही आफ्नो रातो पासपोर्टमा अर्कैको फोटो टाँसेर
इमिग्रेसनमा छाप हनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

घाँटी माडेर मयल झार्दै हुनुहुन्छ कोही
आंैलो घुसारेर नाकको प्वाल ठूलो पार्दै हुनुहुन्छ कोही
कोही तुरतुरे लागेको रोगीझैँ
पटक पटक ट्वाइलेट जाँदै आउँदै हुनुहुन्छ
कोही मनमनमा ‘शिलाकी जवानी’ गाउँदै हुनुहुन्छ
खैनी माडेर धुलो फैलाउँदै हुनुहुन्छ कोही
ग्यास्टिकको दुर्गन्ध छाडेर सभा मैल्याउँदै हुनुहुन्छ कोही
चुपचाप बसौं साथीहरू हो बाधा नगरौं !
कोही भर्खरै भित्र्याएकी कान्छीसँग
‘भ्यालेन्टाइन डे’ मनाउँदै हुनुहुन्छ
उहाँहरू संम्बिधान बनाउँदै हुनुहुन्छ ।

हिजो खाएको छोइला सम्झिदै हुनुहुन्छ कोही
पुरानी प्रेमिकाको पोइलाई सम्झिदै हुनुहुन्छ कोही
आज साँझ कुन रेष्टुराँमा नयाँ नेपाल निर्माण गर्ने
योजना बनाउदै हुनुहुन्छ कोही ।
नुहाउनै नभ्याई सभामा आउनुभएछ क्यारे
मसाज सेन्टर गनाउँदै हुनुहुन्छ कोही ।
बित्थंैमा कुनै आरोप नलगाउनोस् साथी उहाँहरूलाई १
उहाँहरू केही न केही गर्दै हुनुहुन्छ
दिनदिनै जाग्दै फेरि मर्दै हुनुहुन्छ
मुलुकलाई मलखाडी बनाउन
धमाधम खाडल खनाउँदै हुनुहुन्छ
संसदीय सुकेलुतो कनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x