साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बज्यैको होटेल

Nepal Telecom ad

एक जना खलासी थिए मसित बडा मेहनती, राम्रो, बलियो, लक्का जवान र मिष्टभाषी । उनको नाम त नलेखुँ अहिले उनी निकै सम्पन्न भइसकेका छन् । निकै चल्तीको होटेल, दुईवटा घर (उनकै गाउँ ठाउँमा) र निकै जग्गा जोडिसकेका छन् । उनी खिसिक्क हाँसेपछि मोहनी नै लगाउँथे र मै हुँ भन्ने पनि उनका अगाडि पानी पानी हुन्थ्यो । नेपाली सेनामा छानिएका थिए रे र एक निकै छोटो मुख भएको कप्तानका मुनि उनीहरूको तालिम हुँदै थियो रे । दिनका दिन आमाचकारी गाली सुन्दा सुन्दा उनका सबै साथीहरूको सहनशक्तिको सीमा नाघेछ र एक दिन सबै मिलेर रातिको तालिमको समयमा त्यस कप्तानको बेस्मारी धुलैया गरेछन् ।

अब तालिममा बस्नु खैरियत नदेखिएपछि सबै पन्छीहरू भुर्र भएर लाखापाखा लागेछन् । घर गए पनि पक्राउ पर्ने डरले सबै कोही कता कोही कता छरिएर काममा लाग्ने क्रममा उनी चाहिँ मेरो हिल्ला लागेका थिए । बाटामा प्रहरी चौकीमा लेखाउन चाहिँ उनी ठाडै जान्न भन्थे । यो कुराको कारण सोध्दा अनि उनको अतीत थाहा भएको थियो । अन्त त सानो कुरामा पनि उनी “यल्लाई ठीक गरुँ सा’प ?” भनी हाल्थे ।

अँ त, कुरो अर्कै भन्न लागेको अन्तै जान लागेछ । हाम्रो ट्रक हिँड्ने उही नेपाल र भारतको उत्तरी भाग नै हा । त्यही भागको कुनै ठाउँमा यौटा होटेल थियो “बज्यैको होटेल“। हाम्रा सहचालक मित्र भरसक जसरी भए पनि अलेङ टलेङ गरेर हुन्छ कि फटाफट गरेर हुन्छ खाना खाने वेला (दिनको वा रातको) ठिक्क त्यही होटेलमा पर्ने परिबन्द परिहाल्थे । म बिचरोलाई त के थाहा । हुन पनि त्यस होटेलमा जहिले पनि खाना पनि ताजा, मासु पहिले दिँदा पनि अलि धेरै र पछि पनि मज्जैले झोल सँगै एक दुई टुक्रा पनि थपिदिने गर्थिन् बज्यै । घिउ पनि घरमै दूध तताएर निस्केको तर (दूध पनि त निकै करीब चार पाथी दिनको तात्ने गथ्र्यो नि) बाट बनेको, भातमा मस्तैसित हालिदिने गर्थिन् । एबं रीतले तीन चार महिना बितेछ ।

एक दिन त बज्यैले– अब कति दिन यसरी आशै आशमा बस्नु, केही टुङगो छिटै लाउनु प¥यो” भन्ने खालका कुरा गर्न थालिन् । मैले त कुराको छेउ टुप्पो केही पनि बुझिन र अँ ऊँ गर्दै खाना खाएर हामी बाटो लाग्यौं । अनि बाटामा मित्रले रहस्य खोले । ती बज्यै त वालविधवा रहिछन् । बाबुको होटेल रहेछ र सानैदेखि त्यहीं काम गर्दागर्दै तरुनी भइछन् । चरित्र चाहिँ कस्तो थियो थाहा भएन तर जाने बुझेसम्म राम्रै जस्तो थियो । बाबु मरेपछि पनि आफै होटेल चलाई आएकी बज्यै कुनै राम्रो सहारा पाए झुण्डिने सुरसारमा रहिछन् ।

हाम्रो झिल्के मित्रले मिठो खान र मान पाउने आशाले उनीलाई “साहुजीको बिहे भएको छैन । राम्रो मान्छे पाए गर्छन्” भनेर उनीलाई आशा दिने गरेको रहेछ । म कहाँको घरमा एक अदत श्रीमती र दुई छोराछोेरी भएको मान्छे,कहाँको यो लफडा । मलाई त भालुलाई बन्दुक पड्काएको जस्तो भयो । त्यसको लगत्तैको ट«िपमा फर्किँदा पनि हामी त्यहीं खाना खान बस्यौं र मैले साँचो कुरा बज्यैलाई भनिदिएँ ।

एक पटक त उनीले चुक खाएको जस्तो अनुहार बनाइन् तर कुनै दुर्भावना देखाइनन् । त्यसको निकै पछि उनीलाई मैले त्यस ठाउँभन्दा आठ सय किलोमीटर पर अर्कै होटेलकी मालिकनी भएर बसेकी र काखमा यौटा सानो बच्चा पनि च्यापेकी देखेको थिएँ । हामी सपरिवार थियौं र हामीले त्यहीं खाना पनि खाएका थियौं ।

कमलपोखरी, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x