सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चेसको नयाँ रूप !

Nepal Telecom ad

बत्तिस प्रान्तबाट चौसठ्ठी

चौसठ्ठीबाट एक सय अठ्ठाईस
प्रान्तमा देखिएको चेसको बोर्डमा
एक राजाले
अर्को राजालाई हराउने खेल शुरू हुन्छ,
जब एक राजा चेकमा पर्छन्
चेसको छाती चौडा हुन जान्छ
चेसका गोटीमा अकस्मात बृद्धि हुन्छ
मानौं,
बाँझो खेतमा
गाईको गोबरले
हर्लक्क बढेको झार झैं,

खेलको अब नियम
नियम सङ्गत छैन
गुरिल्ला युद्ध झैं चल्दैछ,

नियम सङ्गत खेल्दा
राजा र मन्त्री दुबैतर्फ
एक–एक वटा थिए
अब चेस बोर्डको रूप फेरिएको छ,
एकातर्फ नै तीन राजा, तीन मन्त्री छन्
हात्ती, घोडा, उँट र सिपाहीहरू दोब्बर नै बढेका छन्
चाल दुईतिरबाट हैन, चारैतिरबाट छ,
कसलाई कसले ढाल्ने हो
चेसभित्रकै सेना, उँट, हात्ती र घोडालाई थाहा छैन
यी सबै आदेशको पर्खाइमा छन्
तर
आदेश ?
कसको मान्ने भन्नेमै
अन्यौल छ यिनीहरूलाई,

एउटा नयाँ चेस बोर्डभित्रको चाल
यसरी नै अनिश्चित चलिरहन्छ
चेस बोर्डको भूइँ प्वाल नपरूञ्जेलसम्म ।
सामाखुशी, काठमाडौँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’