साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेसको नयाँ रूप !

Nepal Telecom ad

बत्तिस प्रान्तबाट चौसठ्ठी

चौसठ्ठीबाट एक सय अठ्ठाईस
प्रान्तमा देखिएको चेसको बोर्डमा
एक राजाले
अर्को राजालाई हराउने खेल शुरू हुन्छ,
जब एक राजा चेकमा पर्छन्
चेसको छाती चौडा हुन जान्छ
चेसका गोटीमा अकस्मात बृद्धि हुन्छ
मानौं,
बाँझो खेतमा
गाईको गोबरले
हर्लक्क बढेको झार झैं,

खेलको अब नियम
नियम सङ्गत छैन
गुरिल्ला युद्ध झैं चल्दैछ,

नियम सङ्गत खेल्दा
राजा र मन्त्री दुबैतर्फ
एक–एक वटा थिए
अब चेस बोर्डको रूप फेरिएको छ,
एकातर्फ नै तीन राजा, तीन मन्त्री छन्
हात्ती, घोडा, उँट र सिपाहीहरू दोब्बर नै बढेका छन्
चाल दुईतिरबाट हैन, चारैतिरबाट छ,
कसलाई कसले ढाल्ने हो
चेसभित्रकै सेना, उँट, हात्ती र घोडालाई थाहा छैन
यी सबै आदेशको पर्खाइमा छन्
तर
आदेश ?
कसको मान्ने भन्नेमै
अन्यौल छ यिनीहरूलाई,

एउटा नयाँ चेस बोर्डभित्रको चाल
यसरी नै अनिश्चित चलिरहन्छ
चेस बोर्डको भूइँ प्वाल नपरूञ्जेलसम्म ।
सामाखुशी, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x