चट्याङ मास्टरए, तिमी पनि बजारमा…. !!
उनीसँग भेट भयो हिजो बजारमा
मैले भनेँ,
ए, तिमी पनि बजारमा ! म पनि बजारमा !!
उनी गचक्क फुलिन्, सायद भाउ खोजिन्,
म पनि तनक्क तन्किएँ र भनेँ
भाउ बढेर केही छोइसक्नु छैन बजारमा
तिमी पनि यो बजारमा ! म पनि यही बजारमा !!
उनले सतही ठुस्कान दिइन्
मैले पनि बाङ्गो मुस्कान दिएँ र भनेँ,
हरेक कुरा आजकाल नक्कली छ बजारमा
तिमी पनि यो बजारमा ! म पनि यही बजारमा !!
ग्राहक र ब्यापारी दुबैलाई पर्खाइ छ सामीप्यको
तैपनि काला गए गोरा आउँछन्– ध्वाँस दुबैको
मैले भनेँ
हिँड सँगै मिलेर बजार गरौँ बजारमा
तिमी पनि यो बजारमा म पनि यही बजारमा !!
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































