साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा धर्मराज थापा दिवंगत

Nepal Telecom ad

काठमाडौँ, २८ असोज । जनकवि केशरी धर्मराज थापाको मंगलबार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भूस्थित निवासमै निधन भएको हो ।

उनको पशुपति आर्यघाटमा मंगलबार अपरान्ह अन्तिम संस्कार गरिएको छ । त्यसअघि अन्तिम श्रद्धान्जलिका लागि उनको पार्थिव शरिर प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो ।

श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, एमाओवादी अध्यक्ष प्रचण्ड लगायत बिभिन्न दलका नेताहरू, कलाकारहरू, सुरक्षाकर्मी र शुभेच्छुक प्रज्ञाभवन पुगेका थिए ।

१९८१ साल साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाका थुप्रै गीत चर्चित छन् । हरियो डाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफलजस्ता गीत गाएका छन् ।

गाउँ-ठाउँका शब्द बटुल्दै उखान टुक्का जोडेर गीत बनाउन सिपालु थापा स्रोताबीच चर्चित छन् । जनताका गायकका रुपमा लोकप्रिय हुँदै गएका थापालाई ०१३ सालमा राजा महेन्द्रले जनकवि केशरीको उपाधि दिएका थिए ।

थापाको ‘मालती मंगले’ काव्यलाई मदन पुरस्कार गुठीले ०२५ सालको साहित्यतर्फको मदन पुरस्कार प्रदान गरेको थियो । त्यस्तै ०५७ सालमा मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको थियो । इमेज लाइफटाइमलगायत उनले थुप्रै संघसंस्थाबाट पुरस्कार पाएका छन् भने सयभन्दा बढी गीत रेकर्ड गराएका छन् ।

लोक साहित्यसँग सम्बन्धित उनका २९ वटा कृति प्रकाशित छन् । थापाका गीत, कविता, यात्रा संस्मरण र लोकगीत लोकसंस्कृतसँग सम्बन्धित थुप्रै लेख रचना प्रकाशित छन् ।

फित्कौली डटकम दिवंगत थापाप्रति शब्दश्रद्धा व्यक्त गर्दछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x