साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञ यज्ञराज प्रसाइँलाई सम्मान

Nepal Telecom ad

बिर्तामोडमा एक साहित्यिक कार्यक्रमका बिच १०६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा स्रष्टा सम्मान एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अखिल नेपाल लेखक सङ्घ र क्रान्तिकारी पत्रकार सङ्घ झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् भाषाविद् चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा चन्द्र भण्डारी, एल पी जोशी र भानु भण्डारी विशिष्ट आतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाइलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व प्रसाइका बारेमा चन्द्र भण्डारीले प्रकाश पार्नुर्भको थियो । क्रान्तिकारी पत्रकार सङ्घ झापाका अध्यक्ष टीकाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल पत्रकार सङ्घ झापा अध्यक्ष धनकुटे कान्छाले र स्वागत विरू दङ्गालले गर्नु भएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व प्रसाइ, भीम नेम्वाङ, गोपाल बस्नेत, कमल गुरागाइँ, राजु आचार्य, भानु भण्डारी, चूडामणि रेग्मीले मन्तब्य राख्नु भएको थियो भने भुवन आदिमले कविता वाचन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x