साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्युटीफुल

Nepal Telecom ad

फूल त्यसै पनि राम्रो हुन्छ, त्यसमा पनि अझ अगाडिपट्टि ब्युटी थपिएसी त सुनमा सुगन्ध, शरीरमा दुर्गन्ध बुद्धिविवेक बन्द, चौबिसै घण्टा आफैँ सिँगारिने धन्दा, आँखा भए पनि अन्धा, बेरोजगार बन्द आदि–आदि…. थुप्रै जति थुपारे नि थुप्रिन्छन् यी शब्दहरू । फुल इङ्लिसमै पढे पनि तपाइँहरूलाई थाहा नै छ, यसको अर्थ पूरा हुनु, भरि हुनु भन्ने हुन्छ । हाउसफुल, ओभरफुल ड्युटीफुल…. यी सबै वस्तु विशेष पूरा हुने कुरा भए न ? ब्युटीफुल त मानिस नै पूरा हुने कुरा भए तर ब्युटीफुल त मानिस नै पूरा हैन, अपूर्ण मानिसलाई पनि पूर्ण बनाउने, आरिसेहरूलाई रीसले चूर्ण बनाउने, कुरूपहरूलाई झन् जीर्ण बनाउने प्रमुख औषधी नै हो ब्युटिफुल । मान्छे जन्मेदेखि नै ब्युटीफुल हुने धन्दामा लागि परिहाल्छ र अन्त्यसम्म पनि यो क्रम जारी नै रहन्छ । अझ मान्छिनीहरूलाई त झन् भन्न नै परेन । ब्युटीफुल हुन नै ड्युटीफूल हुन्छन् ।

संसारमा सबैभन्दा पहिला ब्युटीफुलमा ओभर पर्ने कुरा किटान गर्न त्यति फिटान फुल को भयो होला भन्ने कुरा जान्न धौ–धौ नै पर्ला तर यसमा को–को ड्युटीफुल भए भन्न पर्दैन । अल्पविकसित मुलुकहरूको रोजगारीको हिस्सामा करिब–करिब पचास प्रतिशत त ब्युटीफूल हुनमा ड्युटीफुल हुनेहरूको सङ्ख्याले ओगटेको छ । अरु जागिर जस्तो आंशिक रोजगार अस्थायी रोजगारमा पनि पर्दैन यो । यस्तो रोगगारलाई त स्थायी रोजगार र पूर्णकालिन रोजगारमा नै गणना गर्दा कसैलाई कत्ति पनि घाटा पर्दैन, घाटा हुनेवाला छैन । अरु जागिरमा त मर्निङ् ड्युटी, डे ड्युटी, इभिनिङ् ड्युटी, नाइट ड्युटी पनि हुन्छन् तर यो व्युटीफुल हुने रोजगारमा अल ओभर टाइम ड्युटी हुन्छ । त्यसैले त अन्य रोजगारमा भन्दा यसमा ड्युटी गर्नेहरूको सङ्ख्या अत्यधिक बढी हुन्छ । नपत्याए आफ्नै छातिमा हात राखेर सोच्नुहोस् त । बिहान उज्यालो भएपछि वाटर वासले हुने फेस वास, मुखमा हाल्ने माउडर नभए नि गालामा घस्ने पाउडर, पेट कराएर मादल बज्दा पनि आँखामा लाउने गाजल, पेट भर्ने थाली नभए नि ओठमा लाउने लाली…. आदि सबै थोकमा ध्यान दिँदा सबै चिजमा ज्यान दिँदा कति पटक व्यस्त बन्नुहुन्छ । मलाई नै सोध्नुभयो भने पनि सजिलै उत्तर पाउन सक्नुहुन्छ । चौवीस घण्टामा बाह्र घण्टा स्लिपिफुल, छ घण्टा धेरै फुलमा गोबरफुल र बाँकी रहेको छ घण्टा ब्युटीफुलमा ओभरफूल हुन्छ । त्यसैले त म अहिलेको ब्युटीफुल नेपाल प्रतियोगितामा झण्डै– झण्डै नम्बर वनमा नै परेको । गाला ओभर ह्वाइटफुल, कपडा ओभर टाइटफुल, कपाल ओभर एलोफुल, खुट्टा दाउरेफुल, छाला चाउरेफुल भएर पो अलि मिस यूज भयो । अब ब्युटीफुलको ड्युटीफुलमा छ घण्टाबाट आठ घण्टा समय बढाएर अब हुने ब्युटीफुल वर्ड प्रतियोगितामा प्रतिस्पर्धी हुनलाई तम्तयार भएर बस्ने तयारीमा लागिपरिरहेकी छु ।

मुखले जे–जे भने पनि, गर्नेले जे–जे गरे पनि ब्युटीफुल हुन सबैलाई मन पर्छ । यो विश्वव्यापी सत्य कुरा मात्र नभई ओभरफुल विश्वव्यापी सत्य कुरा हो । सुनेर, बुझेर, हेरेर, छामेर पनि अहँ बुझ पचाउन पाउनुहुने छैन । जमाना अब लालिगुँरास फूलको होइन, मान्छेगुराँस फूलको छ । आजभोलि लालीगुराँसलाई नचिन्नेहरू प्रसस्तै भेटिन्छन् तर मान्छेगुराँसलाई अथवा मुन्छिनी गुराँसलाई नचिन्ने कोही पनि भेटिँदैन भन्दा त्यति धेरै फरक पर्ने छैन ।

ओ…हो…आउ…ब्युटीफुल…हाउ…ह्यान्डफुल…हाउ…स्लिमफुल…हाउ…क्यूटफुल…आदि मान्छेगुराँसका जातहरू छन् । कोही पहाडमा फुल्ने, कोही हिमालमा फुल्ने, कोही तराईमा फुल्ने… धेरै जातहरू छन्, ब्युटीफुलका खातहरू छन्, सबैमा यस्तै बातहरू छन् । अबका दिनमा वनमा फुल्ने लालीगुराँस फूल होइन, ब्यूटीफुल कन्टेस्टमा प्रथम घोषणा हुने मान्छेगुराँसलाई राष्ट्रिय फूल घोषणा गरिदिनुपर्छ, विचराहरूको दार्शनिक ईच्छालाई पूरा गरिदिनुपर्छ । अनि बल्ल मान्छे फूलका बोटहरूमा अत्यधिक बृद्धि, विकास हुनेछ, अर्ध बेरोजगारी पनि निकास हुनेछ । कोही फूल रोप्न व्यस्त, कोही फूल टिप्न व्यस्त, कोही फूल टिप्न व्यस्त, कोही फूल चोर्न व्यस्त, सबै व्यस्तै व्यस्त ।

तपाइँहरूलाई विश्वास कति हदसम्म लाग्छ कुन्नि ? मलाई त सन्तानब्बे पोइन्ट सन्तानब्य प्रतिशत नै विश्वास लाग्छ कि मान्छे सबै कुरामा फुल भएता पनि ब्युटस्फूल छ भने बरु सबै काम, कुराहरूमा सजिलै बिक्छ, जिन्दगीलाई सजिलै बिताउँछ, सबै कुरा पुग्छ– उसले जे–जे चिताउँछ । विज्ञानले पनि केही कुरा विकास गर्न बाँकी छैन । अब सबै कुरा विकास गरिसक्यो । छ भने एक मात्र बाँकी छ, सबैलाई ब्युटीफुल बनाउन, सबैलाई ब्युटीफुलमा ड्युटीफुल बनाउन । यो कुरा प्रत्येकलाई नितान्त अति नै आवश्यक छ । अबको एक्काइसौँ शताब्दीको युग ओभर ब्युटीफुल युग हो । अबको विजयेत्सव मनाउँदा हामी सबैलै ब्युटीफुल हुनमा नै ड्युटीफुल हुनुपर्दछ । यो हाम्रो घोषित प्रतिबद्धता हो । हाम्रो प्रतिवद्धता पूर्णरूपमा सफल नभएसम्म ब्यूटीफुलको ड्युटीफुलमा नै अनसन जारी गरौँ । हाम्रो कुरा यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ? जानकारी दिन नबिर्सनुहोला ।

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x