साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चहियो इबोला ?

Nepal Telecom ad

बाढी पहिरो लेराउने र मान्छे लाने यी खोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !

लेदो जम्ने किरा डुब्ने पाइन्छन् कोका यी कोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !

देशै डस्न झुम्मिएका सभासद्का यी गोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !

इबोलाले लिएको छ नेतारुपी यी चोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !

देशै लुटी भरिएका नेताजीका यी झोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x