साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपथ्य

Nepal Telecom ad

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो– ‘ल खाजा खान ओलिर्नुस् । बीस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बुढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बुढाको मुख भोक र परिकारहरूको बासनाले रसाएर आयो ।

‘बाजे ! के खाने ?’
भोकले अम्लपित्त बल्झिएका बुढाले खाजाको दर सोधे । यस्ता होटलहरूमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो– ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासु पुलाउको दुई सय पचास, मासु चिउराको दुई सय, खीरको एक सय, चियाको साठी !’
दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिँदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।

‘बाजे के ल्याम तपाईंलाई ?’
बूढाले खोक्तै जबाफ दिए– ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ !’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x