साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको ५१ औँ आख्यान गोष्ठी

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानको ५१ औँ आख्यान गोष्ठी २०७१ कार्तिक १५ गते शनिबार सम्पन्न भयो । सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा अतिथिहरू शालिग्राम अधिकारी, कणाद महर्षि, गङ्गा पौडेल कर्माचार्य, युवराज मैनाली, श्याम लामा, मदन थापा, एवम् स्टार एफ. एम.का साहित्य संसारका प्रस्तोताद्वय राजनप्रसाद न्यौपाने र सरस्वती गौतम रहनुभएको थियो ।

कार्यक्रममा ११ वटा कथा–लघुकथा र दुईवटा हास्यव्यङ्ग्य निबन्ध वाचन गरिए । शारदा पराजुली, गङ्गा पौडेल, रञ्जना पराजुली, युवराज मैनाली, सरस्वती गौतम, राजनप्रसाद न्यौपाने, सुशन कार्की, उर्मिला पन्त पाण्डे, कणाद महर्षि र प्रकाश बस्नेतले आ–आफ्ना कथाहरू वाचन गर्नुभएको थियो ।

श्यामबहादुर लामा र परशुराम पराजुलीले भने हास्यव्यङ्ग्य निबन्ध वाचन गर्नुभएको थियो । सुशीला खड्का हसिनाद्वारा सञ्चालित यस कार्यक्रममा वाचित कथा तथा निबन्धहरूको समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x