साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको २८औँ काव्ययात्रा

Nepal Telecom ad

अनुपम सिर्जना प्रतिष्ठानको नियमित कार्यक्रमका रूपमा पर्दछ हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने सिर्जना वाचन । त्यसैको अट्ठाइसौँ शृङ्खला सम्पन्न भयो गत कार्तिक पन्ध्र गते शनिबार कलङ्कीस्थित एड मार्क कलेजमा । रचना वाचन कार्यक्रमका प्रमुख अतिथिका रूपमा मञ्चमा आसिन हुनुहुन्थ्यो छन्दशिल्पी कवि प्रह्लाद पोख्रेल । कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो संस्थाका अध्यक्ष पुरूषोत्तमप्रसाद अधिकारीले ।

तीन दर्जन बढी साहित्यिक स्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रम करिब तीन घण्टासम्म चलेको थियो । नयाँ पुराना दुवै पुस्ताका साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा स्रष्टाहरूले विशेषतः समकालीन सामाजिक, राजनीतिक परिवेशलाई नै आफ्नो अभिव्यक्तिको विषय बनाएको पाइयो ।

जीवन जगत्, प्रेम, सामाजिक विसंगति एवं बदलिँदो मानवीय जीवन पद्दतिलाई पनि सिर्जनामा प्रस्तुत गरिएको थियो । यसरी उक्त कार्यक्रममा आफ्ना रचना वाचन गर्नुहुने स्रष्टाहरूमा भुवनहरि सिग्देल, पूर्णप्रसाद पन्त, विनुबाबा घिमिरे, दुर्गा रिमाल (अधिकारी), भगवती रोका ‘भूमिका’, रामशरण खड्का, हरि खनाल, मणिराज सिंह, कोषराज न्यौपाने, डा. जीवन अधिकारी, रामचन्द्र न्यौपाने (वनबासी), भाग्यशाली अधिकारी, कमला रिसाल ‘ज्योति’, डिल्लीप्रसाद मूलतिहुन, ब्रह्मप्रिय प्रेमस्वरूप, केशवराज अर्याल ‘निश्चल’, श्यामबहादुर भावुक, विजय विश्वास, राजेश चोच्छे, विजयध्वज थापा, तिलस्मी प्रभास, सरह पराजुली, विनोद कोइराला, जितु खड्का, भुपेन्द्र अधिकारी लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो ।

प्रमुख अतिथि कवि प्रह्लाद पोख्रलले अनुपमले साहित्यको समुन्नतिमा निकै महत्वपूर्ण कार्य गरेको सन्दर्भ उठाउँदै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमका अतिथि स्रष्टाहरूले अनुपमको साहित्यिक अभियानको प्रशंसा गर्दै यसले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा वाचन गरिएका कविताहरूले विविधता बोकेका थिए भन्दै स्रष्टा कोषराज न्यौपानेले कविहरूलाई धन्यवाद ज्ञापन गरी वाचित कवितामाथि संक्षिप्त टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका संस्थाका अध्यक्ष पुरूषोत्तमप्रसाद अधिकारीले सबै स्रष्टाहरूलाई धन्यवाद दिँदै आफ्नो समापन मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x