साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानो कान्छो र ठुलोकान्छो

Nepal Telecom ad

आजभोलि हाम्रो शहरमा
घरघर हुने खानेका
घरका मालिकलाई सघाउन
हुन्छन् कान्छा पालेका

एउटा हुन्छ सानो कान्छो
अर्को हुन्छ ठुलो कान्छो
“त्यो काम गर्” भने गर्ने कान्छो
“गरिस्योस्” भने ठुलो कान्छो

कान्छा उठ तँ यो सफा गर
छिटो जा त्यो त्यो गर
खुरुक्क भनेको मानी तैँले
अनि यो गर त्यो गर

हजुर उठिस्योस् सफा गरिस्योस्
छिटो अनि त्यो गरिस्योस्
खुरुक्क भनेको मानिस्योस् त
त्यसपछि त्यो गरिस्योस्

आदेशमा स्योस थपिए
जुरुक्क उठ्छ ठुलो कान्छो
बिना स्योसको आदेश टेर्ने
तयार सधैं छ सानो कान्छो

आदेश दिँदा दिने झुक्किए
आदेशमा स्योस थपे बिर्सिए
एउटाको काम अर्कोमा सर्छ
कहिले काहीँ बित्यास पर्छ !

कसैको सानो कान्छो हुँदैन
सप्पै कामलाई ठुलो कान्छो
कतै ठुलोकान्छै गयल छ
सप्पै कामलाई सानो कान्छो !

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x