साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म र मेरो कुकुर

Nepal Telecom ad

बाबुआमालाई सडकमा फाल्छु
तर घरमा गजबको कुकुर पाल्छु
टमीऽ माइकल र बारबरा भन्दै
अरुलाई आधुनिकताको राग सुनाउँछु
गजबको छु म मान्छे
मान्छेलाई तँ तँ गर्छु
कुकुरसँग आइसियोस् गइसियोस् लाउँछु
मेरो टमी मासुविना खाइसिन्न
मविना बारबरा सुतिसिन्न
भन्ने नभन्ने सबै भन्छु
अङ्ग्रेजीमा ज्यादा कन्छु
सभ्यताको आडम्बरी म
आफ्नो लागि सौचालय बनाउँछु
कुकुरलाई अरुको घरछेउमा हगाउँछु
अजबका छन् मान्छे, त्यही मान्छे म
आफन्ती बोलाउँछु र कुकुर भुकाउँछु
गेटैदेखि कुकुरको प्रशंसा सुनाउँछु
नौटङ्की राग अलाप्दै
चुपलागि बक्स्योस् बारबरा
थुतुनोमा किस जमाउँछु
भन्न भ्याउँछु भुकिनेसँग
राती पनि बारबरा कराउँछे
कहिलेकाहीँ सपनामा हराउँछे
कहिले त अँगालै हालेर सुत्छु
बिसिर्एर कहिलेकाहीँ आफैं भुक्छु ।

धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x