साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सार्कपछिको सहर

Nepal Telecom ad

कुरा काट्नु छुरा धस्नु गफ हाँक्नु सधैंभरि
राम्रो वस्तु बिगार्नमा हात बढ्नु उसैगरि ।
कुभलो लोकको, आफ्नो स्वार्थ मात्र निरन्तर
नेपाली कसरी होला सोच्नै सक्दिनँ आखिर ।।

फूल चुँड्ने मुना लुछने जथाभावी कसिंगर
खाएको वस्तु बाटैमा फ्याँक्ने खै कति सुन्दर ।
अहँ ! हैनन् कतै हैनन् नेपाली यति जंगली
बाटामै हात गोडाले बिगार्ने यति निर्दयी ।।

आर्काका लागि मात्रै हो सफा सुग्घर सुन्दर
हरियाली नहोस् भन्ने कस्ता छन् गुणवान् नर ।
चौपाया कसरी छोड्लान् दुर्गन्ध नै हुने गरी
नेपाली सभ्यताभित्र को बन्लान् यति निष्ठुरी ?।

हिजोसम्म सफा राम्रो पार्यो जस्ले उही किन
कसरी यति विध्वंसी भए बुझ्दिनँ दिन्दिन ।
बलेका बत्तीले पोल्ने, सुगन्धी पुष्प पीडित
नेपाली मन खै कस्तो आश्चर्य भ्रम मिश्रित ।।

कति धनी सुखी बन्लान् चोरीका गमला लिई
बिरुवा निजी घेरामा रोपेर गफमा भुली ।
बचाएँ यति मौकामा विकास अरूको किन
भन्ने ती कसरी सोचूँ नेपाली मन बुझ्दिनँ ।।

पार्टी रे रातमा ठूला रासरंग खचाखच
लुकाई छल वा सोझै लुटेका धनले सुख ।
आफ्नो दुनो सपार्नेकै बन्नेभो दुनियाँ अब
बाहिरी लेपको ज्योति खस्किँदै शून्य भो सब ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x