लेख निरौलासार्कपछिको सहर
कुरा काट्नु छुरा धस्नु गफ हाँक्नु सधैंभरि
राम्रो वस्तु बिगार्नमा हात बढ्नु उसैगरि ।
कुभलो लोकको, आफ्नो स्वार्थ मात्र निरन्तर
नेपाली कसरी होला सोच्नै सक्दिनँ आखिर ।।
फूल चुँड्ने मुना लुछने जथाभावी कसिंगर
खाएको वस्तु बाटैमा फ्याँक्ने खै कति सुन्दर ।
अहँ ! हैनन् कतै हैनन् नेपाली यति जंगली
बाटामै हात गोडाले बिगार्ने यति निर्दयी ।।
आर्काका लागि मात्रै हो सफा सुग्घर सुन्दर
हरियाली नहोस् भन्ने कस्ता छन् गुणवान् नर ।
चौपाया कसरी छोड्लान् दुर्गन्ध नै हुने गरी
नेपाली सभ्यताभित्र को बन्लान् यति निष्ठुरी ?।
हिजोसम्म सफा राम्रो पार्यो जस्ले उही किन
कसरी यति विध्वंसी भए बुझ्दिनँ दिन्दिन ।
बलेका बत्तीले पोल्ने, सुगन्धी पुष्प पीडित
नेपाली मन खै कस्तो आश्चर्य भ्रम मिश्रित ।।
कति धनी सुखी बन्लान् चोरीका गमला लिई
बिरुवा निजी घेरामा रोपेर गफमा भुली ।
बचाएँ यति मौकामा विकास अरूको किन
भन्ने ती कसरी सोचूँ नेपाली मन बुझ्दिनँ ।।
पार्टी रे रातमा ठूला रासरंग खचाखच
लुकाई छल वा सोझै लुटेका धनले सुख ।
आफ्नो दुनो सपार्नेकै बन्नेभो दुनियाँ अब
बाहिरी लेपको ज्योति खस्किँदै शून्य भो सब ।।
Subscribe
Login
0 Comments
Oldest







































