साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालीको सामर्थ्यलाई के भइरहेछ ?

Nepal Telecom ad

मल्ल कालमा नयाँ मठ मन्दिर बनाउन शायद त्यति गाह्रो भएन
जति हामीलाई उनले बनाइदिएका मठ मन्दिर जोगाउन गाह्रो भइरहेछ

पृथ्वी नारायण शाहलाई नयाँ नेपाल बनाउन र फैलाउन शायद त्यति गाह्रो भएन
जति हामीलाई उनले बनाइदिएको देश जोगाउन गाह्रो भइरहेछ

जङ्ग बहादुरलाई नयाँ सीमास्तम्भ गाड्न शायद त्यति गाह्रो भएन
जति हामीलाइ उनले गाडिदिएका सीमास्तम्भ जोगाउन गाह्रो भइरहेछ

राणा शासकहरूलाई नयाँ दरबारहरू बनाउन शायद त्यति गाह्रो भएन
जाति हामीलाई ती दरबारहरूको मरम्मत–सम्भार गर्न गाह्रो भइरहेछ

राजा महेन्द्रलाइ प्रवासी नेपालीलाई स्वदेश भित्र्याउन शायद त्यति गाह्रो भएन
जाति हामीलाई स्वदेशका नेपालीलाई स्वदेशमै राख्न गाह्रो भइरहेछ

जति शान्ति सम्पत्ति र संस्कृति पुर्खाले बनाएर कमाएर दिएर गएका थिए
त्यसमा थप्नु त कता हो कता, हामीलाई त त्यति जोगाउन र जोगिनै गाह्रो भइरहेछ

कत्रो थियो यो देश, कहाँ थियो, कता जाँदै थियो र अहिले कता गइरहेछ ?
यो अधोगतिमा देश कसले लगिरहेछ ? नेपालीको सामथ्र्यलाई के भइरहेछ ?
नेपालीको सामर्थ्यलाई के भइरहेछ ?

बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x