साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो र दाइको प्रजातन्त्र

Nepal Telecom ad

दाजैको त जवान मस्त बलियो लक्का प्रजातन्त्र छ
रोगी सुश्क पिलन्धरे छ शिशुमै मेरो प्रजातन्त्र त
गुड्छन् दाइ फराकिला सडकमा चिल्लो पजेरो चढी
रोजै पैदल हिंड्नु पर्छ म भने गल्लीहरूमा लडी ।

दाजैले त यता उता गरिगरी राम्रै गरे उन्नति
निष्ठावान् म भएर हो कि किन हो मेरो छ यो दुर्गति !
मेरो भोट लिएर दाइ त बने भोगी प्रजातन्त्रको
सस्तो भोट दिएर भाइ त बनेँ जोगी प्रजातन्त्रको ।

थोत्रा चप्पल पड्किने पिटिपिटी हिंड्थे घिसारी उनी
ठूलै सन्त महन्त या मुनि नयाँ गान्धी सरी थे उनी
ऐले दाइ गरीव देशभरिकै नामी धनी भैसके
छोडी गाउँ गए उनी सहरका ठूलाबडा भैसके ।

जे बोले पनि जे गरे पनि हुने नेता उनी माहिर
हामी दाइ र भाइ बीच अहिले मिल्दैन केही कुरा
मेरै दोष छ दोष छैन शिशु यो मेरो प्रजातन्त्रको
मैले ईज्जत राख्न नै सकिन यो मेरो प्रजातन्त्रको ।
लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x