साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिभी सम्पादकलाई चिठी

Nepal Telecom ad

पृय टिभी सम्पादक ज्यू,

एउटा समाचार छ, सुन्नुहुन्छ मेरो घरको ?
स्थिति यस्तो छ– कि बाँच कि मरको !
बेँसीबाट ल्याएको ढोडको भारी फ्यात्त फाली
दूध चुस्न नपाएकी सानी बैनीलाई खोकिलामा हाली
निन्याउरो अनुहार लाएर आमाले सोध्नु भो–
“संविधान बन्छ नि हैन त किस्नेको बा ?”

बैनी पनि आईपुगी
घट्टोबाट ल्याएको पोको हुत्याउँदै
दुईमाना च्याँख्ला भान्सामा पु¥याउँदै
उत्सुक आँखाहरू बाबाका आँखामा जुधाउँदै
एउटै कुरा सोधी बाबालाई
“माघमा संविधान आउँछ हैन त बा ?”

रिठ्ठेगोरु खोरेँतले गुल्टियो
लाहुरी भैंसी तीन महिना पछि उल्टियो
तुसारोले गहुँ सर्लक्कै सुक्दैछ
गानो–गोलाले बिहानैदेखि– पेट दुख्दै छ
अनगिन्ती पिर र सन्तापलाई गुन्द्रीमुनि थिची
जबाफ दिनु भो बाले, लामो श्वास तानी–
“बन्नु पर्ने हो नानी !”

आठ बज्यो साँझको
हाम्रो टिभीमा समाचार आयो आजको
सधैं देखिएका अनुहारहरू–
आज पनि ङिच्ङिच्याएर देखिए
बैठक सारै राम्रो भएछ
भोलि पनि बैठक गर्ने निर्णय गरिएछ
सारै रमाइलो देखियो–
चियाका चुस्की,
हाँसो, ठट्टा र छुस्की
एक–आपसमा वार्तालाप मस्कीमस्की !

सुन्नुहुन्छ,
अब हाम्रो एक मात्र पुरानो श्यामस्वेत टिभी रहेन
बालाई यी दृश्यहरू खपी सक्नु भएन
र, बजाउनु भयो लात
आमाले समाउनु भो हात
थर्थरी काम्दै उहाँ बम्किँदै हुनुहुन्थ्यो
चोर, साले, डाका… भनेर
टिभीलाई गाली गर्दै हुनुहुन्थ्यो ।

सम्पादक ज्यू,
हामीलाई एकदम डर लागि रहेको छ
मेरो आङ पनि सिरिङ्ग–सिरिङ्ग गरिरहेको छ
बाहरूको लात्ती हाम्रै टिभीमा मात्रै सीमित रहोस्
तसर्थ,
कृपया अब उप्रान्त, यस्ता
जिस्किएका–
मस्किएका–
ठस्किएका–
अनि,
रक्सिएका
दृश्यहरू नदेखाई दिनुस्
तपाईंको भलो चाहने
किस्ने ।
२०७१ पौष
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
0
Would love your thoughts, please comment.x
()
x