साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसाको पाइन्

Nepal Telecom ad

खुर्पा, खुकुरी, चुलेसी या यस्तै अरु अन्य हतियारहरूमा धार नदोब्रिने पार्नका निम्ति लगाइने पाइन् पैसामा कसरी लाग्यो भन्नु होला । तर स्थिति यति जाज्वल्यमान भइसकेको छ कि अब त हतियारको धार नदोब्रिने पार्नकै निम्ति पैसामा पाइन् लगाउनु पर्छ । पैसाको पाइन् भन्नोस् या पैसामा पाइन्– यो नहुँदा तपाईंका यावत हतियारहरू भुत्ते सावित भइआएका छन् । तपाईं हामी सबले बुझ्नु पर्ने कुरोको जरो के हो भने पैसानै हतियार हो, तीर हो, गोलावारुद हो । आधुनिक शस्त्रअस्त्र भन्नोस् या अत्याधुनिक क्षेप्यास्त्र सबै पैसा हो ।

उहिलेउहिले नगदभन्दा बढ्ता जिन्सीको कारोबार हुन्थ्यो रे । मुद्धाको ठहर आफ्नो पक्षमा पार्ने रहर पूरा गर्न निसाफकर्तालाई एकजना वादीले राम्रो राडी टक्यार्एछ । त्यो थाह पाएर उसको प्रतिवादीले पनि चारमाना दूध दिइरहेको लैनो गाई नै सुपुर्दगी गरी दिएछ । मुद्धा फैसला हुँदा वादीले हा¥यो । कागती निचोरेजस्तो अनुहार लगाउँदै निसाफकर्तालाई राडीको कुरा सम्झाउन खोजेछ । निसाफकर्ताले जबाफ दिएछ– “तिम्रो राडी त हेर्दाहेर्दै गाईले खाइदियो ।” जिन्सीको कारोबारमा पनि यस्ता अनपत्यरिला घटना हुने गर्थे । घाँस खाने गाईले राडी खान्थ्यो । अहिले भने नगद्को कारोवार जमेको छ । अब त गाईले जाबो राडी–साडी होइन, पैसाले गाडी खान थालेको छ ।
पाइन्को अर्थ तुजुक हो भनेर यहाँ अथ्याई रहनु पर्दैन । आजकल बुद्धि नभएका बुज्रुकहरूलाई पनि पैसाको तुजुकले बुद्रुक बुद्रुक उफारी रहेको छ । “छन् गेडी सबै मेरी– छैनन् गेडी सबै टेडी ।” गेडीको गुड अर्थ पैसा हो । पैसा देखेपछि महादेवका पनि तीन नेत्र । सुरसाको मुखभन्दा ठूलो हाब्रो भएको पैसाले पाए जति सबै खाने गरेको छ । पैसाले गिदी खाइदिन्छ, नैतिकता खाइदिन्छ, इमान खाइदिन्छ, जमान खाइदिन्छ, योग्यता खाइदिन्छ, क्षमता खाइदिन्छ । पैसाले ज्ञान समेत चपाउँदै विज्ञानमाथि धावा बोलिरहेको छ । यसले खान, चपाउन र पचाउन केही पनि बाँकी राखेको छैन ।
तपाईं भन्नु होला यत्रोविधी जम्मै खाए पनि मान्छे त सबै भन्दा चलाख र बाठो प्राणी हो, यसलाई त पैसा जाबोले के खान सक्ला र ¹ अहँ यो पनि होइन, पैसाले मान्छेलाई समेत बाँकी राखी रहेको छैन । मान्छेको गिदी अर्थात दिमाग, मन अथवा मुटु, घ्राण अथवा नाक, श्रवणशक्ति अथवा कान आदि सवै संवेदनशील अङ्ग–प्रत्यङ्ग पैसाले खाइसकेको छ । यसरी सबै अङ्ग खाइ सकेपछि भित्र खोक्रो बाहिर बोक्रोमात्र जुन स्वरुप देखिन्छ त्यो अहिलेको मान्छे हो । यस्तै एउटा मान्छेसँग हिजै मात्र मेरो जम्काभेट भएको थियो । केही दिन अघि सारसौंदै देखेको मान्छे अहिले सिर्फ वैशाखीको सहारामा लखरठ्याक लखरठ्याक गरेको देख्दा मलाई आश्चर्य लाग्यो । “हैन, के भयो, तपाईंको खुट्टा ?” मेरो जिज्ञासा निवारण गर्दै उसले आफूमा घटेको घटनावारे बृतान्त बतायो । उसको खुट्टाको नलीहाड पैसाले नै सुरुवा बनाएर तन्तनी पिइदिएको रहेछ । उसले नलीहाडको सुरुवा पैसालाई पियाएपछि अबका यी दिन वैशाखीको भरमा कहिलेसम्म घिसार्नुपर्ने हो, थाह छैन । तपाईंले अव बुझ्नु भो होला पैसाले मान्छेको नलीहाड पनि चपाउँदो रहेछ । हो, पैसाद्वारा दिमाग चाटिएका, पैसाद्वारा मुटु चुँडालिएका, पैसाद्वारा आँखा फुटाइएका, पैसाद्वारा कान कोतरिएका, पैसा !नङ्ग्रा, नाक निमोठिएका अनगिन्ती मान्छेहरू हाम्रै ओरिपरि धद्धाइरहेका छन् । यो सव पैसाको पाइन् हो ।
पैसाको खाने क्रिया एवं प्रकियावारे माथि सङ्क्षेपमा चर्चा गरियो । पैसाले उडाउने र लडाउने पनि गरेको छ । उडाउने कुरा शक्ति अर्थात वलसँग सम्बन्धित छ भने लडाउने कुरा राजनीतिक दलसँग । शक्तिशाली भन्नोस् या शक्तिसम्पन्न गिरोह पैसाका निम्ति पैसाकै वलमा पैसाको प्रलोभन देखाएर बेरोजगार युवाहरूलाई खाडी मुलुक तर्फ उडाइरहेको छ, युवतीहरूलाई बम्वै (अहिलेको मुम्बै) स्थित रेडलाइट लाइनतिर उडाइरहेको छ । यो पैसाको व्यवसाय हो, पाइन् हो । राजनीतिक दाउपेच अन्तरगत दलहरूलाई लडाउने कार्यमा पैसाको पाइन् असाध्य पौरखी हुँदै आएको छ । पैसाको पौरखले राजनीतिको भर्याङ चढाउने र प्रतिष्ठाको लौरो ठ्डयाउनेदेखि नचाहँदा नचाहँदै कुर्सीबाट डङ्ग्रङ्ग लडाउनेसम्मका कार्यहरू सफलतापूर्वक सुसम्पन्न गरी रहेको छ । भनिन्छ– हेरौला तेरो पाइन् ! यो पाइन् भनेको सिर्फ पैसाको पौरख हो, तुजुक हो । यो पौरख र तुजुकमा अझ तेज थप्न पैसाको पाइन् हालौं, पाइन् चडाऔं । ए हजुर ! पैसाको पाइन्विना न कतै ‘लाइन’ पाइन्छ, न कहीँ लाइटमा आइन्छ ! सिर्फ गोता खाइन्छ, गोता ।
कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x