साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईमान्दारिता ?

Nepal Telecom ad

पुराना प्र.अ.को सरुवा भएर गएपछि केदारनाथ नयाँ प्र.अ.को रुपमा विद्यालयमा आए । शिक्षा कार्यालयमा आफन्त भएकाले उनलाई प्र.अ. बनेर आउन सजिलो भयो, जान्नेहरू यसै भन्थे । पढाईका सन्दर्भमा जे जस्तो भए पनि विद्यालयको सम्पतिको सुरक्षाका मामिलामा भने उनी गम्भीर थिए ।

जिल्ला शिक्षा कार्यालयमा आफ्नो मान्छे भएको काम लाग्यो, विद्यालयले शैक्षणिक सामग्रीको रुपमा एउटा कम्प्युटर पायो । विद्यालयमा सामान के आयो, उनलाई आपत थपियो । कम्प्युटरको सुरक्षालाई लिएर उनी चिन्तित रहन थाले । उनी आफ्ना सहकर्मी साथीहरूलाई पनि विश्वास गर्न सक्दैनथे । समस्या यति बिघ्न भारी भयो कि उनी बेला बेलामा टोलाउन र बर्बराउन थाले । राती निन्द्रा पर्न छाड्यो । अति भएपछि उनले मन मिल्ने साथीलाई आफ्नो समस्या सुनाए । अनि साथीकै सल्लाह अनुसार उनले कम्प्युटरलाई आफ्नो घरमै लगेर राख्ने निधो गरे ।

महिनौंदेखि विद्यालयको कम्प्युटर उनको घरमा छ । तर पनि विद्यालयको सम्पतिको सुरक्षा गर्न सकेकोमा उनी अहिले निश्चिन्त छन् ।
हेटौंडा ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x