साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार र पैसा

Nepal Telecom ad

भ्रष्टाचार रोक्ने जिम्मा कुनै भ्रष्टाचारीलाई नै दिनुपर्छ
के गरे भ्रष्टाचार रोक्न सकिन्छ भन्ने कुरोको चुरो त भ्रष्टाचारीलाई मात्रै थाहा हुन्छ
सदाचारी त आफैं कि भ्रष्टाचार गर्न नजानेर आफै भ्रष्ट भइरहेको हुन्छ
कि भ्रष्टाचार गर्ने मौका नपाएर सदाचारी बनिटोपलेको हुन्छ
सत्य तथ्य सिद्धान्त यही हो,
अब भन्नुहोस्, भ्रष्टाचार रोक्न नियुक्त भएका बारे तपाईं के भन्नु हुन्छ ?

भ्रष्टाचार पनि त हाम्रो एउटा राष्ट्रिय संस्कृति हो, यसको जगेर्ना त गर्नुपर्छ
दिए यसका लागी विदेशीले ऋण दिन्छन् नदिए जनतामा ट्याक्स थप्नुपर्छ
शीर्षस्थ नेताका शीर्षस्थ रोगको उपचार नत्र विदेशमा कसरी हुन्छ ?
विदेशबाट खटिएका र विदेशबाट सञ्चालित नेताको उपचार स्वदेशमा गर्नु हुन्छ ?

भ्रष्टाचार गर्ने र भ्रष्टाचार रोक्ने बिचको साझा विषय हो पैसा
गर्ने र रोक्ने त कोही नेता कोही जागिरे,
अनि जनताले नझिके कसले झिक्छ पैसा ?
विदेशमा गएर लेराउ कि स्वदेशबाटै चेली, किड्नी, धर्म बेचेर लेराउ
भ्रष्टाचार रोक्ने र भ्रष्टाचार गर्नेका साझा विषय हो पैसा ।

पैसा मुख्य तत्व हो भ्रष्टाचार फैलाउने
त्यसैले भ्रष्टाचार निर्मुल पार्ने हो भने पहिला पैसा निर्मुल पार्नुपर्छ
भ्रष्टाचार निर्मुल भैसक्यो यो देशमा
त्यसैले त आजभोलि पैसा कतै देखिँदैन
नोटको लेनदेन त विद्यार्थीले पनि गर्छन्,
त्यसलाई भ्रष्टाचार गरेको भन्न मिल्छ ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x