सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घुर्की

Nepal Telecom ad

झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि
संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि
आफैं धामी र बोक्सीको भूमिका उ निभाउँछ
ढाँटेरै जनतालाई गुमराह बनाउँछ !

स्वप्न छर्दछ आस्थाको आफैं खस्दछ खालमा
उन्मुक्तिका कुरा गर्छ आफैं पर्दछ जालमा
नचाएँ भन्छ लौ आफैं इसारा मिल्छ नाच्दछ
उज्यालोको कुरा गर्दै भ्रम ओढेर बाँच्दछ !

निर्लज्ज भै कुरा गर्छ आफ्नो त्यो मोहभंगको
पीडा हजार खप्दै छन् जनता स्वप्नभंगको
खेलाडी क्रूर झैं हाम्रो भावनासँग खेल्दछ
विश्वास छैन आफैंमा क्रान्तिको ध्वाँस पेल्दछ !

उच्च जीवनशैली छ धनको भोक मात्र छ
आफू मात्र सही बाँकी सबैको दोष देख्दछ
जनता निमुखा लाटो ठानेरै भ्रान्ति छर्दछ
सत्तामा भाग खोज्नेले कसरी क्रान्ति गर्दछ ?
दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’