साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिद दिवसमा कविगोष्ठी

Nepal Telecom ad

काठमाडौं/०७१ माघ १० । सहिद सप्ताहको अवसर पारेर सामाखुसी साहित्य समाजले नवोदित कलेज सामाखुसीमा आफ्नो नियमित ७५ औँ शृङ्खलामा विशेष कविगोष्ठीको आयोजना ग¥यो । समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभाध्यक्षमा भएको कविगोष्ठीमा प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले ‘ढिलै भए पनि क्रिकेटमा नेपालले गरेको प्रगति र कतैबाट सहयोग नभए पनि साहित्यकारहरूले नेपाली भाषा–साहित्यमा देखाएको अभिरुचि र योगदान अतुलनीय रहेको’ बताउनुभयो । विशिष्ट अतिथि महाकवि भुवनहरि सिग्देलले यस प्रकारको कार्यक्रमले सहिदहरू प्रतिको हाम्रो आस्था जीवन्त भइरहने छ भन्नुभयो ।

समीक्षक ज्ञाननिष्ठ ज्ञवालीले कविताका सामान्य तथा विशिष्ट सिद्धान्तको चर्चा गर्दै अहिलेका कविहरूको राष्ट्रिय भावना अन्तर्राष्ट्रिय स्तरको बन्दै गइरहेकोमा गौरव महसुस भएको बताउनुभयो । कार्यक्रममा डा. बमबहादुर जितालीका साथै महाकवि देवकोटा साहित्य प्रतिष्ठानका संयोजक रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ र ज्योति साहित्य प्रतिष्ठानका मणिराज सिंहको पनि सहभागिता थियो ।

सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरि आरम्भ भएको कार्यक्रममा भुवनहरि सिग्देल, चन्द्रप्रसाद नेउपाने, विजयराज नेउपाने, जगदीश्वर पोखरेल, रत्ननिधि रेग्मी, बमबहादुर थापा जिताली, ज्ञाननिष्ठ ज्ञवाली, भाग्यशाली अधिकारी, ज्ञानुवाकर पौडेल, लुमणि आचार्य, रामचन्द्र नेउपाने ‘वनवासी’, मेनका पोखरेल, शशी थापा पण्डित, माधव घिमिरे ‘अटल’, हेमन्तप्रसाद दाहाल, ब्रह्मप्रिय प्रेमस्वरुप, मणिराज सिंह, सुशील राजोपाध्याय, रुद्र अधिकारी, हृदय अधिकारी, उर्मिला पन्त पाण्डेय, शान्ता पराजुली, राजनविक्रम थापा, दिनेशविक्रम थापा, सीता विष्ट, निर्मल पराजुली, पूर्णप्रसाद खनाल, आचार्य तुलसीराम पोखरेल, जितेन्द्र रसिक, विष्णुप्रसाद पौडेल, समीर कार्की, अरुण खत्री नदी, द्वारिका कुइँकेल, कमला रिसाल ‘ज्योति’, प्रदीपरत्न शाक्य, मेदिनीकुमार केवल र नीरा पराजुली लगायतले कविता तथा गीत, गजल वाचन गरेका थिए । कार्यक्रममा झण्डै ५० जना स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
–रत्ननिधि रेग्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x