बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जप्नु है ईश भोला !
लचक लचक बन्द्यौ, दच्किनू हुन्न नेता
लचक लचक बन्द्यौ, हच्किनू हुन्न जेता ।
लचक लचक बन्द्यौ, भत्किनू हुन्न वार्ता
कचमच अब छोडी, गर्नु निस्कर्स वार्ता ।। १।।
जनमन अब झन्डा, क्रान्तिको भार बोक्न
रुचिकर त्यति छैनन्, राम्ररी पर्छ बुझ्न ।
शहिदजन नबिर्सी, त्याग जुध्ने विचार
मुलुक र जनतामा, गर्न छोड्द्यौ प्रहार ।। २।।
पटक पटक क्रान्ति, मात्रा फुस्सा– फट्याइँ .
कति दिन अब गर्छौ ? देशमा राइदाइँ ।
अब पनि झगडामा, श्वान— मार्जार बन्दा
दल बल खल बन्दै, हुन्छ ट्ण्टा र फन्दा ।। ३।।
खलबल अब छोडी, रोज निस्कर्ष वार्ता
कलछल अब गोडी, खोज लच्केर वार्ता ।
अब पनि मति भत्की, जुध्न थाले त नेता ।
वनवन डुल जप्दै राम बिष्णु र भोला ।। ४।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































