सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रेड इन्डियन

Nepal Telecom ad

राम्रा–राम्रा अत्याधुनिक सवारीमा, कोही रङ्गीचङ्गी टाला जोडेर बनाएका मेखला लगाएका, कोही टाउकामा फेटा बाँधेर कछाड बेरेका, कोही स्थान विशेष र तापक्रम विशेषसँग मेल नखाने लुगा लगाएका आदि मानिसहरू चढ्दै जाँदै गरेको देखेर छक्क परेकी छोरीले प्रश्न राखिन्– ‘आमा, यी मानिसहरूले किन यस्ता अनौठा लुगा लगाएका ?’

‘यी हाम्रा परम्परा र संस्कृति हुन् छोरी’– संस्कृतिको ज्ञान भएकी आमाले संक्षिप्त उत्तर दिइन् ।

‘अनि हाम्रो संस्कृति र अहिले हामी उपभोग गर्न लालायित वैज्ञानिक सुबिधाको शुरुवात एकै समयमा भएको हो र’–छोरी जिज्ञासु भै ।
‘हुन त हैन’– आमा लरबरिइन् ।
‘त्यसो भए हाम्रा परम्परा र संस्कृति समयसँगै किन हिँड्न सक्तैनन् ?’– छोरीले अर्को प्रश्न थपी ।
‘हाम्रो पनि रेड इन्डियन बन्ने पहिचान गुम्ला भन्ने डरले छोरी’– आमाले कुरा टुङ्ग्याइन् ।
जुरोपानी–४, झापा
हाल, काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
सिकार

सिकार

जीवन ‘पीडित’ दाहाल
जाफ्नाको स्याल

जाफ्नाको स्याल

जीवन ‘पीडित’ दाहाल
नयाँ राजा

नयाँ राजा

जीवन ‘पीडित’ दाहाल