साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेड इन्डियन

Nepal Telecom ad

राम्रा–राम्रा अत्याधुनिक सवारीमा, कोही रङ्गीचङ्गी टाला जोडेर बनाएका मेखला लगाएका, कोही टाउकामा फेटा बाँधेर कछाड बेरेका, कोही स्थान विशेष र तापक्रम विशेषसँग मेल नखाने लुगा लगाएका आदि मानिसहरू चढ्दै जाँदै गरेको देखेर छक्क परेकी छोरीले प्रश्न राखिन्– ‘आमा, यी मानिसहरूले किन यस्ता अनौठा लुगा लगाएका ?’

‘यी हाम्रा परम्परा र संस्कृति हुन् छोरी’– संस्कृतिको ज्ञान भएकी आमाले संक्षिप्त उत्तर दिइन् ।

‘अनि हाम्रो संस्कृति र अहिले हामी उपभोग गर्न लालायित वैज्ञानिक सुबिधाको शुरुवात एकै समयमा भएको हो र’–छोरी जिज्ञासु भै ।
‘हुन त हैन’– आमा लरबरिइन् ।
‘त्यसो भए हाम्रा परम्परा र संस्कृति समयसँगै किन हिँड्न सक्तैनन् ?’– छोरीले अर्को प्रश्न थपी ।
‘हाम्रो पनि रेड इन्डियन बन्ने पहिचान गुम्ला भन्ने डरले छोरी’– आमाले कुरा टुङ्ग्याइन् ।
जुरोपानी–४, झापा
हाल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x