साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वत्वको विघटन

Nepal Telecom ad

के चौडा सडक
के गल्ली र भित्री बाटो चारैतिर
अथवा, यो सहरको सबैतिर
अचेल मान्छे बेगर
मान्छेका पदचाप बेगर
सुट र टाइहरू हिँड्छन्
कोट र प्यान्टहरू हिँड्छन्
ब्लाउज र सारीहरू हिँड्छन्
ठाँट्टिँदै ठाँट्टिँदै
टिनएजर जस्ता फेसनहरू हिँड्छन् ।

कतै हेयर स्टाइल हिँड्छ
कतै अनुहार नै छोप्ने गरी कालो चस्मा हिँड्छ
कतै मेकअप र चमकमा
शृङ्गारको प्रसाधन हिँड्छ
अझ बाइक, कार र सुविधायुक्त सवारीभित्र
कृत्रिमता हिँड्छ, यान्त्रिकता हिँड्छ
सँगसँगै सहरैभरि
धूलो हिँड्छ, धुवा हिँड्छ
कोलाहल र प्रदूषण हिँड्छ ।

कहाँ भेट्नु यहाँ मान्छेलाई
कहाँ देख्नु यहाँ मान्छेको ठेट आकृतिलाई
यहाँ त बाटो नै ढाक्ने गरी
अभिनय भेटिन्छ
व्यभिचार भेटिन्छ
स्वार्थ र षडयन्त्र भेटिन्छ
अहङ्कार र अश्लीलता भेटिन्छ ।

यहाँ हतियारसँग
सुरक्षा होइन सन्त्रास हिँड्छ
सजीव हुनुको अर्थमा
आवाज होइन आतङ्क हिँड्छ
अझ हत्या हिँड्छ, अपहरण हिँड्छ
लुटपाट र अवैध धन्दाहरू हिँड्छन् ।

ए, बुज्रुकहरू हो !
बिलम्ब नगरी बताइदेऊ
ए सभ्य र सुसंस्कृतहरू हो !
स्पष्टसँग सुझाइदेऊ
यहाँ कहाँनिर छ
आधुनिकताको आभास ?
कहाँनिर छ विकासको वैभव ??
कहाँनिर छ सभ्यताको सौन्दर्य ???
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x