साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वत्वको विघटन

Nepal Telecom ad

के चौडा सडक
के गल्ली र भित्री बाटो चारैतिर
अथवा, यो सहरको सबैतिर
अचेल मान्छे बेगर
मान्छेका पदचाप बेगर
सुट र टाइहरू हिँड्छन्
कोट र प्यान्टहरू हिँड्छन्
ब्लाउज र सारीहरू हिँड्छन्
ठाँट्टिँदै ठाँट्टिँदै
टिनएजर जस्ता फेसनहरू हिँड्छन् ।

कतै हेयर स्टाइल हिँड्छ
कतै अनुहार नै छोप्ने गरी कालो चस्मा हिँड्छ
कतै मेकअप र चमकमा
शृङ्गारको प्रसाधन हिँड्छ
अझ बाइक, कार र सुविधायुक्त सवारीभित्र
कृत्रिमता हिँड्छ, यान्त्रिकता हिँड्छ
सँगसँगै सहरैभरि
धूलो हिँड्छ, धुवा हिँड्छ
कोलाहल र प्रदूषण हिँड्छ ।

कहाँ भेट्नु यहाँ मान्छेलाई
कहाँ देख्नु यहाँ मान्छेको ठेट आकृतिलाई
यहाँ त बाटो नै ढाक्ने गरी
अभिनय भेटिन्छ
व्यभिचार भेटिन्छ
स्वार्थ र षडयन्त्र भेटिन्छ
अहङ्कार र अश्लीलता भेटिन्छ ।

यहाँ हतियारसँग
सुरक्षा होइन सन्त्रास हिँड्छ
सजीव हुनुको अर्थमा
आवाज होइन आतङ्क हिँड्छ
अझ हत्या हिँड्छ, अपहरण हिँड्छ
लुटपाट र अवैध धन्दाहरू हिँड्छन् ।

ए, बुज्रुकहरू हो !
बिलम्ब नगरी बताइदेऊ
ए सभ्य र सुसंस्कृतहरू हो !
स्पष्टसँग सुझाइदेऊ
यहाँ कहाँनिर छ
आधुनिकताको आभास ?
कहाँनिर छ विकासको वैभव ??
कहाँनिर छ सभ्यताको सौन्दर्य ???
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x