साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विधाताको अर्ति

Nepal Telecom ad

एउटी महिला प्रसवपीडाले निकैबेरदेखि प्रसूती गृहमा, भंसारको हाकिम हुलाकमा सरुवा भएर छटपटिए झैँ, इन्तु न चिन्तु भएकी थिइन् । डाक्टर, नर्स सबैले अनेक जुक्ति गर्दा पनि गर्भको शिशुलाई यस मत्र्यलोकमा ल्याउन सकेनन् ।

गर्भमा रहने शिशुलाई ब्रम्हाजीसँग कुराकानी गर्ने विशेष अधिकार प्राप्त भएको हुँदोरहेछ । शिशुले ब्रम्हाजीको दाह्री समाएर भन्यो– ए बुढा ! तिमीले मलाई ठग्ने ? मैले भनेको होइन, मलाई यस्तो कुल खानदानमा जन्माऊ, जहाँ जन्मेपछि हिँड्नलाई कार, बस्नलाई बङ्गला प्राप्त होस् । कानुनले मलाई छुन नसकोस् । बरु प्रजिअ र एसपीलाई मेरो चम्चोले फोन गरेपछि जिल्लामा कानुन मेरो इशारामा नाचोस् । सुरा, सुन्दरी, बैंक व्यालेन्सको कहिल्यै कमी नहोस् । यस्तो जाबो किसान पुत्र बनाएर मलाई नेपालजस्तो झूर देशमा जन्माउन खोजेको बुढा !

ब्रह्माजीले सम्झाए, हे मूर्ख बालक ! म तेरो भाग्य लेख्ने विधाता हुँ । तँ अहिले किसानको छोरो भएर जन्मे पनि नेपालमा बढ्दो जातिवादको सिंढी चढेर तैंले सांसदको टिकट पाउनेछस् । जातिवादको नारा दिएर जित्ने पनि छस् । अनि अनेक दाउपेच लाएर मन्त्री पनि बन्लास् । सुरा, सुन्दरी, अर्थ, अनर्थ, तैँले जे चिताउलास् त्यो पाउलास् । जा, भनेको मान्, खुरुक्क जन्मिहाल् ।

एकपल्ट सांसद मात्रै भइस्, भने पनि दुःशासनले जस्तै सार्वजनिक ठाउँमै चीरहरण गर्न सक्छस्, रावणले जस्तै सीताहरण गर्न सक्छस्, कंश जस्तै कसाई हुन सक्छस् । त्यति भए पुगेन ? मैले तँलाई ठगेको हैन बाबै । नेपालमा जन्मनेलाई म योभन्दा बढी सुविधा दिन सक्दिन ।

एकैछिन पछि प्रसूती कक्षमा भविष्यको कर्णधार च्याहाँ !! गर्दै च्याँठ्ठिन थालेछ ।
थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x