हरिकला उप्रेतीके तालको नयाँ वर्ष !!
हरिकला उप्रेती
“हे प्रभु ! छुचुन्द्रो बढेर यत्रो रूप धारण ग¥यो कि हात्ती घटेर अज्ञानी छु प्रभु आज्ञा होस् ।”
हाकिमले हकार्दा हकार्दा हुर्मत भएको म श्रीमतीजीको चुरीफुरी र चर्का वचनले दिक्क हुन्छु । आफ्नै घरमा श्रीमती र छोराछोरीबाट विना विभागीय बनाइएर शहरी सडक विभाग अन्तर्गत लखरलखरको काम सम्हालेको पनि निक्कै भयो । बल्लबल्ल पाएको छुट्टिमा पनि दिन काट्न निक्कै खट्पटी हुन्छ । आज बिहानैदेखि बेरोजगार बस्नु परेजस्तो लागेर निक्कै बोर भयो । आसपासका तासप्रेमी साथीहरू पनि खासै कोही भेटिएनन् । कसैको पाटी प¥यो रे, कसैको पिकनिक । कोही प्रेमिका लिएर पिक्चर हेर्न जाने रे, कोही परिवार लिएर घुम्न । त्यसैले ताससासले दिन कटाउने आस पनि छयालीस सालमा आएको प्रजातन्त्रजस्तै भयो ।
गोजीमा कौडी नभएपछि दौडीदौडी कहाँ नै जानु र । गएरै पनि के लछारपाटो लाउनु छ र, म जस्तो ख वर्गको खरदारले । त्यसैले डेरामै बसेर मनाई हेरौं यो सालको नयाँ वर्ष भनेर बसें आफ्नै डेरामा । आँखिर भोलि, अरू इस्टमित्र र स्टाफहरूस“ग पनि इख लाग्ने गरी बखान गर्न पाइने । नयाँ वर्ष त बडो हर्षका साथ आफ्नै परिवारसँग मनाइयो भनेर । कत्ति अरूका मात्रै परिवारका बयान सुन्नु म सुसुपालले । यसपालीचाहिँ लाइन्छ साथीसँग सूर्ति मल्दै फूर्ति भनेर एकबुँदे सहमति एकल वार्ताबाट तय गरेँ ।
म नयाँ सडकको नजिकै नयाँ घरको, नयाँ कोठामा बस्ने त्यो टोलको नयैं मान्छे हुँ । पच्चीस वर्षदेखि देख्दै र बस्दै आउँदा पनि न नयाँ सडक पुरानो भयो न म पुरानो भएँ । घरमा सबै कुरा नयाँ छ । ट्वाइलेट बाथरूम, पानीका धारा, सारा नयाँ छन् । गाउँका थोत्रे धारामा जस्तो चौबिसै घण्टा धारो झरेर झन्झट पनि दिंदैन । बरु चौबिसै घण्टा धारो झर्दैन र सबैलाई नयाँ तरिकाले शान्तस“ग सुत्न दिन्छ । यस्तो अवस्थामा आएको नयाँ वर्षप्रति म नयाँ किसिमले मनग्गे हर्षित छु ।
म नयाँ वर्षको नयाँ धुनमा ध्यानमग्न थिएँ । त्यतिकैमा नयाँ सडक छेउको गल्लीमा निक्कै नयाँ हल्लिखल्ली चल्यो । हल्लिखल्लीको नयाँ चर्को आवाजले मेरो नयन चल्ली नै नयाँ ढङ्गले चोइटिएलाझैं भयो । म चल्ली समातेर यसो चिहाउँदै थिएँ पछाडिबाट एउटा नयाँ साथीले नयाँ पाराले प्याट्ट पार्दै भन्यो– “नवराजजी ? नववर्षको शुभकामना †” शुभकामनाको सोख नै समाप्त भैसकेको हुनाले मैले भन्दिएँ– “हन यो एकसय पचास पुगेको बूढोलाई केको नववर्षको शुभकामना नि ।”
ऊ नयाँ कुरो नबुझेर अकमक्क प¥यो । बुझोस् पनि कसरी आठ किलासमा आठचोटि फेल भएर अन्तर्राष्ट्रिय सर्टिफिकेटले अड्को फुकाउँदै आएको नयाँ मान्छे । जागिर खान थालेको दुई वर्षमा सुब्बा र दुई वर्षमा अधिकृत हुँदै चार वर्षमा चारवटा घर किन्ने सर्वहारा नयाँ हो । सँगै जागिर खान थालेको खरदार त्यही अधिकृत त भयो तै पनि खुसी छैन । आफूले स्वदेशी सर्टिफिकेटको खात बनाएर बाकसभित्र राखियो । अनि खरदारकै हकदार भएर जागिर खाइयो ।
मैले नयाँ विचार गरें । मौका पर्दा मै हुँ भन्ने यस मुर्दारलाई यही मौकामा मुक्का हान्नुपर्यो भनेर । निक्कै कड्केर भनें– “हैन ए ? होनहारजी तपाईं कस्तो बुद्धु हँ ? मेरो खास जन्म दश सालमा भयो । कात्तिकमा नेपाल सम्बत् आयो म एक वर्ष पुगें । फेरि पुसमा न्यू इएर आयो म दुई वर्षको भएँ र बैशाखमा विक्रम सम्बत् आयो म तीन वर्षको भएँ ।” बल्ल मित्रका मस्तिष्कमा चुरो भेट्ने गरी पसेछ मेरो कुरो । त्यसपछि होनहारजी जिल्लाराम परे र दिनभरी जोतेर गलेको बहरझैं लागे उँधैउँधो घर ।
अनि फेरि म नयाँ सोच्न थालें “नववर्षको शुभकामना” हैन † गाउँमा त नववर्ष पनि बैशाखमा मात्र आउँथ्यो । सबैजना रमाउँथे खुसियाली साटासाट गर्थे । माथ्ला गाउँको मादले माइलो मादल घन्काएर, गाउँभरिकालाई भेला गरेर मारुनी नचाउँथ्यो । हाम्रा घरकी बजै पनि साथीस“गी बटुलेर स“गिनी गाउँथिन् । बीस र बाइसका हरिमल्ल राजा… भन्दै फनफनी घुम्थिन् । माझाघरका माइलाबा मन्दिरमा घण्टी घन्काउदै भजन भन्थे । पल्ला गाउँकी राइनी भाउजू जा“डको घ्याम्पो ढल्काउँदै तोङ्वा भर्थिन् । तल्ला गाउँका लिम्बुदाइ च्याब्रुङ बजाउँथे र तरुनीका हात समाएर धान नाच्थे । जङ्गलमा कोइली चरी पनि गाउँथ्यो “कुहू कुहू” गर्दै ।
अस्ति नै तिहारका बेला नेपाल संवत् आयो । नेवार दाजुभाइले निक्कै धुमधामका साथ मनाए नयाँवर्ष । दिदीबहिनीले लगाए चिटिक्क परेका नेवारी पोशाक र कानमा फूल सिउरिए । काठमाडौं शहर रङ्गीचङ्गी बनाए । दिनभरि पैदल हिंडेर थाकेका पासाहरू घरघरमा गए र पालामा कुन्नि के हाले र पिए .. ।
त्यसपछि आयो ‘इस्वी सम्वत् । इस्वी सम्वत्को नयाँवर्षचाहिँ हामी सबैले मन फुकाएर मनायौं । देश विदेशमा शुभकामना आदान–प्रदानको ओइरो लाग्यो । यो इस्वी सम्बत् ईश्वरलाई साँक्षी राखेर भन्नुपर्दा साँच्चै अरू अरू नयाँवर्षभन्दा सयगुना ठूलो थियो होला । ओहो † सम्झ“दै क्या मज्जा आउँछ ।
अब हेर ! फेरि आयो यो विक्रम संवत् यसलाई न न्यू इएरसँग दाँज्न मिल्छ । न नेपाल संवत्सँग । यो त इश्वी संवत् जत्रो ठूलो पनि छैन र नेपाल संवत्जस्तो सानो पनि छैन । यसलाई त ठम्याउनै कठिन पो भयो है । एकपटक सिकार खेल्न गएको शिकारीले ब“देल देखेछ । कहिल्यै नदेखेको अजीवको जन्तु, ऊ ईश्वरको लिलादेखि अचम्म परेछ । आफ्नो साथको धनुकाँड र तीर एकातिर थन्क्याएर प्रार्थना गर्न थालेछ । “हे प्रभु छुचुन्द्रो बढेर यत्रो रूप धारण गर्यो कि ? हात्ती घटेर, अज्ञानी छु प्रभु आज्ञा होस् ।”
म पनि त्यस्तै अज्ञानी छु यो बैशाखे नयाँ वर्ष, न्यू इएर घटेर यत्रो भयो कि नेपाल संवत् बढेर ? नयाँ आज्ञा होस् प्रभु नयाँ … ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest











































